Shikhar Insurance

ग्राहकको अनुमति बिना शुल्क असुली गरेमा बैंकले १० प्रतिशत थपेर फिर्ता तिर्नुपर्ने

सिंहदरबार संवाददाता
२०७८ आश्विन २५, सोमबार १५:१०
NIMB
Nabil Bank

काठमाडौं । के तपाईंको बैंकले खाताबाट सुटुक्क पैसा काट्छ ? अब भने तपाईं यो झन्झटबाट मुक्ति पाउनु हुने भएको छ । सुटुक्क पैसा काटेको पाइएमा अब बैंकले १० प्रतिशत थपेर तपाईंलाई फिर्ता दिनुपर्नेछ ।

यस्तो व्यवस्था नेपाल राष्ट्र बैंकले सोमबार गरेको हो । बैंकका ग्राहकहरूले राष्ट्र बैंकमा अनुमति बिनै बैंकले सेवा शूल्क असुल गरेको गुनासो आएपछि केन्द्रीय बैंकले बैंकहरूले मनोमानीमाथि लगाम लगाएको हो ।

Citizen Life
Kumar Bank

ग्राहकको अनुमति बिना सेवा शुल्क असुल गरेमा बैंकहरूले आजैबाट १० प्रतिशत जरिवाना पनि तिर्नु पर्ने छ । नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्दै अनुमति बिना शुल्क असुल नगर्न भनेको हो ।

अबदेखि ग्राहकको अनुमति एकतर्फी रुपले ग्राहकको अनुमति विना कुनै पनि प्रकारको वित्तीय सेवा उपलब्ध गराउन पाउने छैनन् ।

यदी अनुमति विना नै सेवा उपलब्ध गराए वापत शुल्क खाता कटाएमा शुल्क वापत लिएको पैसाको १० प्रतिशत थप गरी ग्राहकको खातामै जम्मा गर्न बैंकहरुलाई निर्देशन राष्ट्र बैंकले दिएको हो ।

एकिकृत निर्देशन, २०७७ मा संसोधन/परिमार्जन तथा थप व्यवस्था गर्दै सो निर्देशन दिएको छ ।

निर्देशनमा भनिएका छ, ‘इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले एकतर्फी रुपले ग्राहकको अनुमति विना कुनै पनि प्रकारको वित्तीय सेवा उपलब्ध गराउन पाउने छैनन् । ग्राहकको अनुमति विना उपलव्ध गराइएका त्यस्ता सेवावापत कुनै सेवा शुल्क लिएमा १० प्रतिशत थप गरी ग्राहकको खातामा जम्मा गर्नु पर्नेछ ।’

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्