Shikhar Insurance

बंगलादेशविरुद्ध नेपालले ९ मिनेटमै खायो गोल

सिंहदरबार संवाददाता
२०७८ आश्विन २७, बुधबार १७:०२
NIMB
Nabil Bank

काठमाडौं । अन्तिम खेलको सुरूवाति मिनेटमै नेपालले गोल खाएको छ । साफ च्याम्पियनसिप अन्तर्गत बंगलादेशविरुद्धको खेलमा नेपालले ९ मिनेटमै गोल खाएको हो ।

नेपाली टोलीको सुरुवाती एघारमा प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले आक्रामक टिम खेलाएका छन् । नेपालले आक्रामक खेल खेलेपनि बंगलादेशी खेलाडीले फ्रिकिकमा आएको हेडमार्फत् गोल गरेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपालले अन्तिम खेलमा बंगलादेशको सामना मालेस्थित राष्ट्रिय रंगशालामा गर्दैछ । यसअघि भारतविरुद्ध रक्षात्मक खेल खेल्दै पराजित भएपछि दबाबमा आएका अब्दुल्लाहले बंगलादेशविरुद्ध आक्रामक रणनीति लिएका हुन् ।

बंगलोदशविरुद्ध प्रशिक्षक अब्दुल्लाहले दुई परिवर्तन गरेका छन् । भारतविरुद्ध खेलेको सेटमा सुमन लामा र मनिष डांगी परिवर्तन भएका छन् । सुमनको स्थानमा आयुष घलान खेल्नेछन् भने मनिषको स्थानमा नवयुगलाई ल्याइएको छ ।
अब्दुल्लाहले नेपाली टोलीको गोलरक्षकमा कप्तान किरणकुमार लिम्बुलाई जिम्मेवारी दिएका छन् । यस्तै डिफेन्समा सदाझैँ गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजवंशी र पुजन उपरकोटीलाई निरन्तरता दिएका छन् ।
यता, मिडलाईनमा भने रोहित चन्द, सुजल श्रेष्ठ, तेज तामाङ, रहेका छन् । एक्ला स्ट्राइकर नवयुग श्रेष्ठलाई आयुष घलान र अन्जन बिष्टले सहयोग गर्नेछन् ।

आज बंगलादेशविरुद्ध नेपालले जित वा बराबरले साफ च्याम्पियनसिपमा पहिलो पटक फाइनल पुग्नेछ । हारले भने बंगलादेश फाइनल पुग्नेछ । सन् १९९३ बाट सुरु भएको साफको १३औं संस्करण आइपुग्दा नेपाल हालसम्म फाइनल पुग्न सकेको छैन ।

GBIME

प्रतिक्रिया दिनुहोस्