Shikhar Insurance

कोइला अभाव र रियलस्टेट संकटले चिनियाँ अर्थतन्त्रको गति रोकियो

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २, मंगलवार ११:२१
NIMB
Nabil Bank

काठमाडौं । चिनको अर्थतन्त्र जुलाईदेखि सेप्टेम्बरको त्रैमासिकमा अघिल्लो वर्षको तुलनामा ४.९ प्रतिशतले बढेको छ । तर यो पछिल्लो एक वर्षको सबै भन्दा सुस्त गतिको वृद्धि हो र विश्लेषकहरुका अनुसार यस्तो नतिजा विश्लेषणको ठिक उल्टो प्राप्त भएको हो ।

यो अघिल्लो त्रैमासिकको तुलनामा अत्यन्तै कम हो, त्यतिबेला ८ प्रतिशतको वृद्धि हासिल भएको थियो । यसबाट चिनियाँ अर्थतन्त्रको वृद्धि लिक बाहिर गएको र अब त्यसलाई लिकमा ल्याउन निकै मुस्किल पर्ने अनुमान गर्न थालिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

विद्युत आपूर्तिमा कटौटी, कोरोना १९ को संक्रमणमा पुनः देखिएको वृद्धि र चिनको उद्योगहरुमाथि लागु गरिएका कडा नीतिहरुका कारण आर्थिक वृद्धिदर घटेको बताउन थालिएको छ । अहिले देखिएको आर्थिक परिदृश्यले चिनियाँ अर्थतन्त्रको आगामी वर्षहरुलाई पनि प्रतिबिम्बित गर्ने विश्लेषकहरु बताउँछन् । किन की हालैका महिनाहरुमा संसारको सबै भन्दा ठूलो अर्थतन्त्रले निकै ठूला चुनौतीहरुको सामना गरिरहेको छ ।

विद्युत आपूर्तिमा कमी
विद्युत आपूर्तिको कुरा गर्ने हो भने संसारभर बढ्दो मूल्यका कारण कच्चा पदार्थको भाउ पनि बढिरहेको छ । यो त्यस्तो समयमा भयो जब बेइजिङले क्षेत्रिय सरकारहरुमाथि कार्बन उत्सर्जन कम गर्न दबाव बढायो । किन की चीले सन २०६० सम्म कार्बन न्युट्रल देश बनाउने लक्ष्य तय गरेको छ ।

देशको सबै भन्दा ठूलो कोइला उत्पादक प्रान्त सान्सीमा बाढी आएको छ । सान्सीले चीनको कोइला उत्पादनमा ३० प्रतिशत हिस्सा ओगट्छ ।
बाढीले उत्पादन घटेपछि कोइलाको मूल्य आकाशिएको छ । विद्युत आपूर्ति घटेपछि चिनका ठूला उद्योगहरुले उत्पादन कटौती गर्न बाध्य बनेका छन् ।

अधिक विद्युत खपत गर्ने सिमेन्ट, स्टिल र आल्मुनियम उद्योगहरुको उत्पादनमा भारी कटौती भैरहेको छ । चीनको फ्याक्ट्री गेट( त्यो मूल्य जो निर्माताले उत्पादनका लागि बिक्रेताबाट असुली गर्छन) को मूल्य २५ वर्षमा सबै भन्दा बढी पुगेको छ । क्यापिटल इकोनोमिक्सका बरिष्ठ चिनियाँ अर्थशास्त्री जुनियन एवंस–प्रिचर्डका अनुासर उद्योगहरुमा त्यस्तो गिरावट गहिरो रुपले देखिएको छ ।

रियलस्टेट क्षेत्रमा संकट
यस्तो अवस्था त्यतिबेला देखा परेको छ जतिबेला चिनको रियलस्टेट क्षेत्रले आफ्नो कर्जालाई थप नबढाउनका लागि दबाव बढिरहेको छ ।
उदाहरणका लागि चाइना एवरग्राण्डे ग्रुपले ३०० अर्ब डलर भन्दा बढी कर्जा लिएको छ र यतिबेला डुब्ने ढोकामा पुगिसकेको छ ।
अर्काे रियलस्टेट कम्पनी फैटेसियाले पनि आफु डुबेको घोषणा गरिसकेको छ भने सिनिक होल्डिंग पनि डुब्ने बाटोमा अघि बढिसकेको छ ।
इकोनोमिस्ट इन्टेलिजेन्स युनिटका यु सु भन्छन्–‘रियलस्टेट क्षेत्रमा धिमा गतिमा निर्माण, निर्माण सामग्री र घर सजावटको गतिलाई यसले प्रभावित पार्छ ।’

यसका अतिरिक्त चिनको केन्द्रिय बैंकले गत हप्ताको अन्त्यतिर यो संकटलाई ठूलो होइन भनेर आफ्नो बचावट गरेको थियो । पिपुल्स बैंक अफ चाइनाका निर्देशक सो लेनले एवरग्राण्डे कम्पनीको वित्तिय संकट उसको कुल सम्पतिको एक तिहाई मात्रै भएको र उसका ऋणीहरु पनि अलग अलग रहेकाले आत्तिनु नपर्ने बताए । एवरग्राण्डेका कारण कुनै पनि पनि वित्तिय संस्था खतरामा नरहेको र वित्तिय क्षेत्रमा उत्पन्न संकट नियन्त्रण गर्न सकिने निष्कर्ष पनि उनले सुनाए ।

अगाडी के हुन सक्छ ?
सिंगापुरको युनाइटेड ओभरसिज बैंकका अर्थशास्त्री वोई चेनले उर्जा संकट र रियलस्टेट क्षेत्रको संकटका कारण यसपाली चिनियाँ विकासको गति कम हुने बताउँछन् । उनका अनुसार जति सोचिएको थियो त्यति सुस्त गति देखिएको छैन् तर अब यसको प्रभाव अझै बढ्दै जानेछ ।

त्यहिमाथि गेमिङ र शिक्षाका सफल कम्पनीहरुमाथि सामाजिक सुधारका नाममा गरिएको नीति परिवर्तनले पनि मुस्किल बढाइदिएको छ । चिन सरकारले आगामी पाँच वर्षका लागि भन्दै सार्वजनिक गरेको योजनाबाट प्रष्ट हुन्छ की ति कम्पनीहरुमाथि कडा कारवाही हुनेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्