Shikhar Insurance

२४ घण्टा भित्र ब्याजदर परिमार्जन गर्न राष्ट्र बैंकको निर्देशन, ‘१० प्रतिशत बढीले हेरफेर नगर्नु’

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २, मंगलवार २१:२८
NIMB
Nabil Bank

काठमाडौं । बैंकहरुको उच्च ब्याजदर उतारचढावमा नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरेको छ । उच्च उतारचढाव सहित ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा बैंकहरुले गर्न थालेपछि राष्ट्र बैंकले लगाम लगाएको हो ।

मंगलबार केन्द्रीय बैंकले सर्कुलर जारी गर्दै ब्याजदरमा १० प्रतिशतमात्र हेरफेर गर्न पाउने व्यवस्था गरेको छ । जसअनुसार अब बैंकहरुले अघिल्लो महिनामा प्रकाशित निक्षेपको ब्याज दरमा १० प्रतिशत मात्रै थपघट गरि नयाँ ब्याजदर सार्वजनिक गर्न पाउनेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

यसका साथै केन्द्रीय बैंकले संस्थागत मुद्दतीमा व्यक्तिगत मुद्दतीमा भन्दा एक प्रतिशत कम ब्याज दिने निर्देशन दिएको छ भने एकपटक सार्वजनिक संस्थागत मुद्दती निक्षेपको ब्याजदर ३ महिनासम्म सोही कायम गर्न समेत निर्देशन छ । उक्त निर्देशनविपरीत बैंकहरूले सर्वजनिक गरेको ब्याजदर समेत समायोजन गरी कात्तिक ३ गतेभित्र सार्वजनिक गर्न बैंकहरुलाइ राष्ट्र बैंकले आदेश दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्