Shikhar Insurance

केहि तत्वले एमसीसीका नाममा बखेडा झिके, पास गरेरै छाड्छौंः प्रधानमन्त्री देउवा

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ३, बुधबार ०९:१०
NIMB
Nabil Bank

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले केहि तत्वले एमसीसीका नाममा बखेडा झिकेको आरोप लगाएका छन् । उनले एमसीसी नेपालको हितमा रहेको र त्यसको कार्यान्वयन आवश्यक रहेको तर्फ पनि जोड दिएका छन् । गोरखापत्र दैनिकलाई दिएको अन्तरवार्तामा देउवाले अमेरिकी सरकारले नै एमसीसीमा आवश्यक परे संसोधन गर्ने भनिसकेकाले पनि थप अन्योल नरहेको दावी पनि गरे । प्रधानमन्त्री देउवाले एमसीसी नेपालको संबिधान र कानुन भन्दा माथि नरहेको जिकिर पनि गरेका छन् ।

गोरखापत्रको प्रश्न र प्रधानमन्त्री देउवाको जवाफ यस्तो छः

अमेरिकी सरकारले दिएको विकास अनुदान सहयोग एमसीसीलाई राजनीतिक रूपमा गिजोल्ने प्रयास भइरहेको छ । एमसीसी सम्झौता कार्यान्वयनमा अझै पनि एक खालको अलमल र विवाद देखिएको छ, यो कहिले टुङ्गिन्छ होला ?

Citizen Life
Kumar Bank

एमसीसीको विषयमा जुन प्रचार गरिएको छ, त्यो कुरै होइन । एमसीसी नेपाललाई दिइएको त्यो ‘ग्रान्ट’ हो । ब्याजमा होइन यो । ऋण होइन, अनुदान हो । केही तत्व छन् नेपालमा, तिनले एमसीसीको नाममा बखेडा गर्न खोजेका छन् ।

त्यसैले एमसीसी विशुद्ध नेपालको हितमा छ । त्यही पनि एमसीसीमा ‘करेक्सन’ गर्न अमेरिका तयार छु भनेको छ । अमेरिकाले नेपालको कानुनभन्दा माथिको होइन भनेर भनिसकेको छ । वास्तवमा विश्व बैङ्ककै कुरा गर्ने हो भने ऊसँग झगडा भयो भने अन्तर्राष्ट्रिय कानुन आकर्षित हुन्छ । एडीबी, आईएमएफमा पनि त्यही हो । तिनका जति पनि ऋण छन् त्यस विषयमा मुद्दा परेमा अन्तर्राष्ट्रिय कानुनअनुसार जान्छ । नेपालको कानुनले हेर्नै पाउँदैन । यो सन्दर्भलाई नेपालको कानुनभन्दा माथि भनेर बखेडा निकालिएको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्