Shikhar Insurance

हिमालयन बैंकले ३ प्रतिशतले घटाउँदै सार्वजनिक गर्यो निक्षेपको नयाँ ब्याजदर

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ३, बुधबार २०:४२
NIMB
Nabil Bank

काठमाडौं । हिमालयन बैंकले निक्षेपमा दिने अधिकतम ब्याजदर ३ प्रतिशतले घटाएको छ । बैंकले राष्ट्र बैंकको निर्देशन पालना गर्दै परिमार्जित ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले यसअघि संस्थागत निक्षेपमा अधिकतम ११.६७ प्रतिशत ब्याजदर घोषणा गरेको थियो । जसलाई ३ प्रतिशतले घटाएर ८.३६ प्रतिशत कायम गरेको छ । बैंकले व्यक्तिगत मुद्दतिमा समेत ब्याजदर घटाएको छ । यसअघि १०.५० प्रतिशतसम्म ब्याजदर दिने भनेकोमा सोलाई घटाएर हाल ९.३६ प्रतिशत कायम गरेको छ ।

Citizen Life
Kumar Bank

राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरुले व्यक्तिगत मुद्दतिको ब्याजदर भन्दा संस्थागतमा १ प्रतिशत बिन्दुले कम ब्याजदर कायम गर्नु पर्ने हुन्छ । साथै, अघिल्लो महिनामा कायम ब्याजदरमा १० प्रतिशत मात्र थपघट गर्न पाउने व्यवस्था केन्द्रीय बैंकले गरेको हो ।

यस्तै, बैंकले साधारण बचततर्फ अधिकतम ६.५६ प्रतिशत ब्याजदर दिने घोषणा आफ्नो वेव साइटमार्फत् गरेको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्