Shikhar Insurance

नेपाल बंगलादेश बैंकको परिमार्जित ब्याजदर सार्वजनिक, व्यक्तिगत र संस्थागतमा कति ?

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ३, बुधबार २३:०६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल बंगलादेश बैंकले तीन दिनमै ०.९२ प्रतिशतले निक्षेपको ब्याजदर घटाएको छ । बैंकले राष्ट्र बैंकको निर्देशन पालना गर्दै यसअघि सार्वजनिक निक्षेपको ब्याजदर घटाएको हो ।

बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी निक्षेपमा अधिकतम १०.२८ प्रतिशत दिने घोषणा गरेकोमा घटाएर ९.३६ प्रतिशत कायम गरेको हो ।

Citizen Life
Kumar Bank

यसअघि बैंकले संस्थागत मुद्दतिमा १०.२८ प्रतिशत ब्याजदर दिने घोषणा गरेको थियो । तर, सोलाई समायोजन गर्दे बैंकले ८.३६ कायम गरेको छ । साथै, व्यक्तिगत मुद्दतिमा १०.२८ प्रतिशत ब्याज दिने भनेकोमा त्यसलाई घटाए ९.३६ प्रतिशत कायम गरेको हो ।

राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरुले व्यक्तिगत मुद्दतिको ब्याजदर भन्दा संस्थागतमा १ प्रतिशत बिन्दुले कम ब्याजदर कायम गर्नु पर्ने हुन्छ । साथै, अघिल्लो महिनामा कायम ब्याजदरमा १० प्रतिशत मात्र थप घट गर्न पाउने व्यवस्था केन्द्रीय बैंकले गरेको हो ।

यसैगरी बैंकले साधारण बचतमा समेत निक्षेपको स्प्रेड कायम गर्दै अधिकतम ४.८६ प्रतिशत ब्याजदर दिने घोषणा आफ्नो वेव साइटमार्फत् गरेको छ ।

 

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्