Shikhar Insurance

‘पप्पु’ले बनाएको कमला नदी पुलको अर्को स्पान पनि भासियो

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ४, बिहीबार १२:११
NIMB
Nabil Bank

सिरहा । सिरहा र धनुषा जोड्ने हुलाकी सडक अन्तर्गतको कमलानदीको पुलको तेस्रो पिलर (स्पान) पनि भासिएको छ ।

लगातारको वर्षाले कमला नदीमा आएको बाढीले केही महिनाअघि मात्रै पप्पु कन्स्ट्रक्सनले निर्माण सम्पन्न गरेको पुलको अर्को स्पान पनि बुधबार भासिएको हो ।

Citizen Life
Kumar Bank

बुधबार मध्यान्ह धनुषातर्फको ३ नम्बर पिलर भासिएको सूचना प्राप्त भएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले जानकारी दिए ।

‘पुलको पिलर भासिएको सूचना आएको छ, कमला सिँचाइ आयोजना र सुरक्षाकर्मीलाई निरीक्षण गर्न भनेका छौं,’ उनले भने ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्