Shikhar Insurance

फेसबुक र ट्विटरले प्रतिबन्ध लगाएपछि ट्रम्पको आफ्नै सामाजिक सञ्जाल, नाम ‘ट्रुथ सोसल’

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ४, बिहीबार १७:२७
NIMB
Nabil Bank

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ सामाजिक सञ्जाल ‘ट्रूथ सोसल’ सञ्चालन गर्ने भएका छन् । ट्विटर र फेसबुकले राष्ट्रपति ट्रम्पको एकाउन्ट निलम्बन गरेपछि उनले नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्न लागेका हुन् ।

ट्रम्पले अध्यक्षता गर्ने ट्रम्प मिडिया एन्ड टेक्नोलजी ग्रुप टीएमटीजीले ट्रुथ सोशल सञ्चालन गर्नेछ । टीएमटीजीले भिडिओ स्ट्रीमिङ सेवा पनि सुरु गर्ने जनाइएको छ ।

Citizen Life
Kumar Bank

गत वर्ष राष्ट्रपति निर्वाचनमा साम्प्रायिक र जातीय द्वन्द्व फैलाउने अभिव्यक्तिपछि ट्विटर र फेसबुकले ट्रम्पको एकाउन्ट निलम्बन गरिदिएको थियो ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्