Shikhar Insurance

नेप्सेमा दोहोरो अंकको वृद्धि, फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाए

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ७, आईतवार १६:०५
NIMB
Nabil Bank

काठमाडौं । साताको पहिलो कारोबार दिनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेको छ । कारोबार सूरु भएको केही समयमै २ कम्पनीको पोटिजिभ सर्किट लाग्र्दै आइतबार नेप्से परिसुचक २७.५१ बिन्दुले बढेर २ हजार ५ सय ८४.५२ अंकमा बन्द भएको हो ।

आज बेस्ट फाइनान्स कम्पनी र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको थियो । यी कम्पनीहरुको सेयर मुल्य १० प्रतिशतले बढेर बेस्ट फाइनान्स कम्पनीको ४ सय ४१ रुपैयाँ १० पैसा र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ६ सय ८० रुपैयाँ ९० पैसा पुगेको छ ।

Citizen Life
Kumar Bank

नेप्सेमा दोहोरो अंकले वृद्धि हुँदा ५८ लाख १८ हजार २५ कित्ता सेयर ३८ हजार १४७ पकट खरिद बिक्री भएर २ अर्ब ७७ करोड रुपैयाँ बढीको करोबार भएको हो ।

आज सबैभन्दा बढी आइसीएफसी फाइनान्सको १५ करोड ९१ लाख र एनआइसी एशिया बैंकको ९ करोड ३५ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

साथै, सो दिन सबैभन्दा बढी बेस्ट फाइनान्स कम्पनी, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र रिलाइन्स फाइनान्सका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा मेरो माइक्राफाइनान्स, सानिमा बैंक र बरुण हाइड्रो पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

यसैगरी आइतबार नेप्सेमा कारोबारमा आएमा १३ वटा समुहमध्ये व्यापार समुह बाहेक सबै समुहको परिसुचक बढेको छ । जसमा सबैभन्दा बढी फाइनान्स समुहको ४.११ प्रतिशत, अन्य समुहको ३.२४ प्रतिशत र हाइड्रो पावर समुहको २.५२ प्रतिशतले वृद्धि भएको हो । व्यापार समुहको परिसुचक भने १.०७ प्रतिशतले घटेको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्