Shikhar Insurance

धुर्कोट गाउँपालिका अध्यक्षको चीन भ्रमण विवादमा

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ८, सोमबार २०:५५
NIMB
Nabil Bank

काठमाडौं । स्थानीय तहमा जनप्रतिनिधिले मनपरी गर्ने गरेको आरोप नौलो होइन । निर्वाचित भएको चार वर्षमा मनपरी भत्ता लिने, जनताको विकासका नाममा आएको रकम खर्चेर बिलासी जीवन विताउने, मस्ती गर्ने र करोडौका महल ठड्याउने सम्मका समाचार सार्वजनिक भैरहेका छन् ।

तर आफूले निकै राम्रो काम गरेको भनेर विभिन्न मिडियामा समाचार लेखाएर भाइरल बन्ने गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल पनि विवादमा मुछिएका छन्  । उनले जनताको विकासका लागि आएको रकम खर्चेर आफू मस्ती गर्न विदेश भ्रमण गरेर आएको आरोप लागेकोको हो । उनले चीन भ्रमणमा जाँदा गाउँपालिकाको रकम मनपरी खर्च गरेर अनियमितता गरेको आरोप लागेको हो । श्रोतका अनुसार सो सम्बन्धमा महालेखा परिक्षकको कार्यालयले समेत कैफियत उजागर गरिदिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

अध्यक्ष पोखरेलले आफू व्यक्तिगत रमाइलोको लागि भ्रमणमा जाँदा जनताका नाममा विकासका लागि आएको ६९ हजार २ सय रुपैयाँ खर्च गरेका आरोप छ । गाउँपालिकाका अन्य जनप्रतिनिधि र कर्मचारीका अनुसार उनले चीन भ्रमणबाट फर्केपछि कुनै विषयमा कार्यालयमा ब्रिफिङ गरेका थिएनन् । ‘खै चीन गएर आउनुभयो भन्ने त थाहा पाएका थियौँ तर के कामका लागि जानुभएको हो र के जानकारी लिएर आउनुभयो भन्ने विषयमा औपचारिक रुपमा हामीले केही थाहा पाएनौँ’, धुर्कोटका एक कार्यपालिका सदस्य भन्छन् ।

पोखरेल चीन भ्रमण गएर खर्च गरेको विषयमा महालेखा परिक्षकको कार्यालयले समेत प्रश्न उठाएको छ । त्यस्तै, महालेखाले धुर्कोट गाउँपालिकाका पदाधिकारीले उद्देश्यविना भ्रमण गरेको, भ्रमणको अभिलेख नरहेको, भ्रमण पछि भ्रमण प्रतिवेदन नै पेश नगरी खर्च भुक्तानी गरेको, स्पष्ट प्रायोजन बेगर भ्रमणआदेश दिएको, पलिका र कार्यालयसँग असम्बन्धित ठाउँमा बिनाकाम भ्रमण गइ खर्च भुक्तानी लिएको समेत जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्