Shikhar Insurance

ऋणको ब्याजदर १.६१ प्रतिशतले घट्दा कर्जाको माग ५.७ प्रतिशतले बढ्यो

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ८, सोमबार २१:१७
NIMB
Nabil Bank

काठमाडौं । वाणिज्य बैंकहरुले दिने कर्जाको ब्याजदर साढे १ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको भदौ मसान्तमा कायम कर्जाको ब्याजदरमा चालु आवको सोही अवधिमा कर्जाको भारित ब्याजदर १.६१ प्रतिशतले घटेको हो ।

राष्ट्र बैंकद्वारा सार्वजनिक तथ्यांकअनुसार गत आवको भदौ मसान्तसम्म वाणिज्य बैंकहरुले दिने कर्जाको भारित ब्याजदर १०.१८ प्रतिशत थियो । चालु आवको भदौ मसान्तसम्म आइपुग्दा यस्तो ब्याजदर ८.५७ प्रतिशत कायम भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तै, सो अवधिमा वाणिज्य बैंकहरुले निक्षेपमा दिने भारित ब्याजदर समेत ०.६९ प्रतिशतले घटेको छ । गत आवको भदौ मसान्तसम्म निक्षेपको भारित ब्याजदर ५.६१ प्रतिशत कायम थिए । जुन चालु आवको भदौ मसान्तसम्म ४.९२ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, २०७७ भदौमा ९१–दिने ट्रेजरी बीलको भारित औसत ब्याजदर ०.१३ प्रतिशत रहेकोमा २०७८ भदौमा ३.९८ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७७ भदौमा ०.०८ प्रतिशत रहेकोमा २०७८ भदौमा ४.७५ प्रतिशत रहेको छ ।

मौद्रिक नीतिको संचालन लक्ष्यको रुपमा लिइने औसत अन्तर–बैंक ब्याजदर २०७८ भदौमा ४.६८ प्रतिशत रहेको छ । अघिल्लो बर्षको सोही महिनामा यस्तो ब्याजदर ०.२१ प्रतिशत रहेको थियो । वाणिज्य बैंकहरुको औसत आधारदर गत आवको भदौमा ७.८३ प्रतिशत रहेकोमा चालु आवको भदौमा ६.८९ प्रतिशत कायम भएको छ ।

यसैगरी, समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ५.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ०.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा चालु आवको भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ३३.९ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ५.७ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह ६.१ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ५.४ प्रतिशतले बढेको छ । चालु आवको भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.९ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.२ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।

गत आवको भदौ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.२ प्रतिशत र १२.८ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७८/७९ को दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ६.१ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ५.४ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ४.१ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ३.१ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ५.५ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ९.१ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ७.७ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ६.६ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ३.३ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा ३.८ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ३.३ प्रतिशतले र हायर पर्चेज कर्जा ५.९ प्रतिशतले बढेको छ भने मार्जिन प्रकृति कर्जा २.१ प्रतिशतले घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्