Shikhar Insurance

मोरङमा नेकपा एस बलियाे: प्रतिनिधि नपाएर पाँच वटा पालिकामा रोकियो एमाले अधिवेशन

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ९, मंगलवार ०९:४७
NIMB
Nabil Bank

विराटनगर । पार्टी विभाजनपछि एमाले कमजोर बनेका पालिकामा अधिवेशन रोकिएको छ । एमालेले बाढीपहिराे प्रभावितबाहेकका सबै पालिकामा आज अधिवेशन हुने बताए पनि मोरङका पाँच वटा पालिकामा तत्कालका लागि अधिवेशन राेकिएकाे हाे ।

उर्लाबारी, लेटाङ, सुनवर्षी नगरपालिका तथा धनपालथान र जहदा गाउँपालिकामा आज अधिवेशन हुने छैन । लेटाङ र उर्लाबारीमा नेकपा एकीकृत समाजवादीको पकड छ । अन्य पालिकामासमेत एकीकृत समाजवादीसामु एमाले कमजोर छ ।

Citizen Life
Kumar Bank

एमाले कमजाेर रहेका पालिकामा पार्टी प्रवेश गराएर मात्र अधिवेशन गर्ने तयारीमा एमाले माेरङकाे छ । एमाले मोरङका अध्यक्ष ऋसिकेश पोख्रेलले तयारी नसकिएकोले अधिवेशन केही समय पछाडि सारिएको दाबी गरे ।

उर्लाबारी र लेटाङमा १२ कात्तिकका लागि अधिवेशन तय भएकाे छ । अन्य पालिकामा मिति तय भइसकेकाे छैन । माेरङमा आज १२ पालिकामा मात्रै एमालेको अधिवेशन हुँदैछ । अधिवेशनमा हुने पालिकामा विराटनगर, र‌ंगेली,रतुवामाई, कानेपोखरी, पथरी शनिश्चरे, मिक्लाजुङ, बेलबारी, सुन्दरहरैचा, केराबारी, ग्रामथान र बुढीगंगा छन् ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्