Shikhar Insurance

पैसा ठिक्क पारेर राख्नुस्, आउँदैछ ६ अर्ब रुपैयाँको आईपीओ

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ९, मंगलवार २०:३३
NIMB
Nabil Bank

काठमाडौं । बजारमा करिब ६ अर्ब रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) आउने तयारीमा छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा २२ वटा कम्पनीको आईपीओ स्वीकृतिको पाइपलाइनमा छन् ।

सर्वसाधारणलाई सेयरधनी बनाउन संस्थाबाट सम्पुर्ण प्रक्रिया पुरा गरी सेबोनको अन्तिम स्वीकृतको पाइपलाइनमा १२ वटा हाइड्रोपावर कम्पनी, ६ वटा माइक्रोफाइनान्स संस्था, २ वटा बीमा कम्पनी र २ वटा अन्य समूहका कम्पनी छन् । यी कम्पनीका ५ अर्ब ९५ करोड ३२ लाख ८९ हजार रुपैयाँ बराबरको ५ करोड २८ लाख १२ हजार ८९४ कित्ता आइपीओ जारी गर्नका लागि २ वर्ष अघिदेखि स्वीकृतिको पर्खाइमा बसेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

केही महिनाअघिसम्म समय सेयर बजारमा जलविद्युत कम्पनीहरुको सेयरमूलयमा उच्च वृद्धि थियो । तर, धितोपत्र बोर्डले ५१ वटा कम्पनीमा लगानी जोखिमयुक्त भन्दै सूची सार्वजनिक गरेपछि हाइड्रोपावर कम्पनीको सेयरमा आकर्षण घटेको छ ।

एक वर्षअघिसम्म हाइड्रोपावर कम्पनीको आईपीओमा माग अनुसारको आवेदन पर्दैन थियो । तर, पछिल्लो समय भने निष्काशित हाइड्रोपावर कम्पनीको आईपीओमै दसौं गुणा बढी आवेदन पर्ने गरेको छ ।

पाइपलाइनमा रहेका कम्पनीको आईपीओ आवेदनमा बोर्डले १२ वटाको अन्डर प्रिलिमिनरी रिभ्यु गरेको छ । साथै, ४ वटा कम्पनीको रिभ्यु एन्ड कमेन्ट पठाएको छ भने ६ वटा कम्पनीको आईपीओ आवेदनमा रिप्लाइ एन्ड अन्डर रिभ्यु गरिसकेको छ । केही कम्पनीले करिब २ वर्षदेखि आईपीओको आवेदन दिएर पाइपलाइनमा बस्दा समेत निष्काशनको अनुमति पाएका छैनन् ।

बोर्डले माग गरेको कागजात समयमै पेश नगर्दा आईपीओ निष्काशनको लागि स्वीकृतमा ढिलाइ भएको हो । ती कम्पनी स्वयमले माग गरिएको आवश्यक कागजात पेश नगर्दा ढिलाइ भएको हो ।

बोर्डले परेको आवेदनमा समयमै अध्ययन गरी आवश्यक पर्ने कागजात माग गर्छ । र, कम्पनीले पठाएको कागजातमा पुनः अध्ययन गरेर मात्र आवेदन स्वीकृत गर्छ । आईपीओको आवेदन दिएर कम्पनीहरुले बोर्ड माग गरेको कागजात पेश गर्न ६ महिनाभन्दा बढी समय लगाएमा पाइपलाइनबाट आईपीओको आवेदन बोर्डले हटाउने समेत गरेको छ ।

कुनै पनि कम्पनीको ६ महिनामा अर्धवार्षिक वित्तीय विवरण समेत परिवर्तन हुने हुँदा बोर्डको कमेन्टमा ६ महिनासम्म पनि रिप्लाइ नगरेमा सो आवेदनलाई स्वतः बोर्डले पाइपलाइनबाट हटाउने व्यवस्था गरेको हो ।

कुन कम्पनीको कति कित्ता आईपीओ पाइपलाइनमा ?

हिमालयन हाइड्रोपावर कम्पनी २०७६ कात्तिक २७ गते नै बोर्डमा आवेदन दिएको थियो । कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्न लागेको हो ।

यस्तै, बिन्धबासिनी हाइड्रोपावर कम्पनीले ०७६ माघ १ गते २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता आइपीओ र डिसहोम मिडियाले ०७७ असार ३० गते २३ करोड ८५ लाख ९ सय २९ सय रुपैयाँ बराबरको २३ लाख ८५ हजार ९ सय २९ कित्ता आइपीओ निष्काशनको लागि आवेदन दिएका हुन् ।

गत फागुन महिनामै आईपीओको आवेदन दिनेमा बलेफी हाइड्रोपावर कम्पनीले ३६ करोड ५५ लाख ९४ हजार बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता र ग्रिन भेञ्चर हाइड्रोपावर कम्पनीले ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख २५ हजार कित्ता आईपीओ निष्काशनको लागि बोर्डमा आवेदन दिएका हुन् ।

साथै, नेस्ड्रो समृद्धि लघुवित्तले बोर्डमा गत असार ६ गते ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता र दोर्दी खोला जलविद्युत कम्पनीले वैशाख २१ गते २९ करोड ५१ लाख ९२ हजार रुपैयाँ बराबरको २९ लाख ५१ हजार ९ सय २९ किक्ता आइपीओ जारी गर्न बोर्डमा आवेदन दिएका हुन् ।

यस्तै, आईएमई लाइफले २३ करोड ८५ लाख, अपर सोलु हाइड्रो इलोक्ट्रिक कम्पनीको ३३ करोड ७ लाख ५० हजार रुपैयाँ र अपरहेवा खोला हाइड्रोपावर कम्पनीले २० करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन स्वीकृतको लागि पाइपलाइनमा छ ।

साथै, २०७८ साल सुरु भएपछि नै १२ वटा कम्पनीले २ अर्ब ७४ करोड २ लाख ८४ हजार रुपैयाँ बराबरको २ करोड ६ लाख ८२ हजार ८४६ कित्ता आईपीओ निष्काशनको लागि अनुमतिको पर्खाइमा बोर्डमा पाइपलाइनमा छन् । जसमा सयपत्री हाइड्रोपावर, इर्मजिङ्ग नेपाल, जल्पा सामुदायिक लघुवित्त, मैलुङ्ग हाइड्रोपावर, रिलाइन्स इन्स्योरेन्स, उपकार लघुवित्त, रिभर फल्स पावर कम्पनी, थ्री स्टार हाइड्रो पावर, राप्ती हाइड्रो पावर, सीवाइसी नेपाल लघुवित्त वित्तीय र आर्दश लघुवित्त वित्तीय संस्था हुन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्