Shikhar Insurance

नयाँ सरकार बनाउन शाक्यको मार्गप्रशस्तः राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने पक्का

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १०, बुधबार १५:२५
NIMB
Nabil Bank

हेटाैँडा । बाग्मती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने भएपछि गठबन्धनलाई नयाँ सरकार बनाउँन मार्गप्रशस्त गरेको घोषणा गरेकी छिन् ।

विश्वासको मत लिनका लागि बुधबार बसेकाे प्रदेशसभाको बैठकमा उनले मत विभाजनअघि नै राजीनामा भन्ने शब्द प्रयाेग नगरी मार्गप्रशस्त गर्ने घोषणा गरिन् ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले नेपालको संविधानको धारा १६९ (१) को (क) अनुसार राजीनामा घोषणा गरेकी हुन् । आफ्नो पार्टीको बैठकको निर्णयअनुसार आफूले नयाँ सरकारका लागि मार्गप्रशस्त गरेको बताइन् ।

उनले संसदमा बोल्दै आफूले सरकारमा रहँदा राम्रो काम गर्नका लागि प्रयत्न गरेको बताइन् । प्रदेशमा बसेर मुख्यमन्त्रीका नाताले अल्पमतमा रहे पनि आफूहरूले छोटो समयमा राम्रो काम गरेको उनको दाबी छ । ‘सरकारका लागि प्रतिपक्षीको पनि साथ रह्यो । जे जस्तो काम गरियो । सबैको साथ सहयोगले गरियो’, मुख्यमन्त्री शाक्यले भनिन् ।

मुख्यमन्त्री शाक्यले महिलामैत्री सरकार बनाउन सबै मन्त्रालयमा बडापत्र राखिएको बताइन् । महिला हिंसाविरुद्ध सरकार सचेत हुनुपर्छ भन्दै आफूले पाइला चालेको बताइन् ।

समाजवादको सुशासनको लक्ष्य लिएर अवधारणा तयार गरेर योजना आयोगमार्फत अघि बढाइएको छ । उपलब्धिमूलक काम गर्नका लागि मन्त्री, नेता, प्रदेशसभाका सदस्य सबैलाई धन्यवाद पनि उनले व्यक्त गरिन् ।

एमालेको एकल बहुमतका आधारमा शाक्य गत २ भदौमा मुख्यमन्त्री नियुक्त भएकी थिइन् । एकल बहुमत अर्थात् एमालेका ५६ जना सांसदको समर्थन दाबी गर्दै मुख्यमन्त्री नियुक्त भएकी शाक्य पार्टी विभाजन भई १३ जना सांसद नेकपा (एकीकृत समाजवादी)मा लागेपछि अल्पमतमा परेकी हुन् । अहिले एमालेका ४३ जना मात्र सांसदको साथ रहेकाले उनले विश्वासको मत पाउन सक्ने अवस्था नदेखिएपछि राजीनामा दिएकी हुन् ।

बैठकमा शाक्यले मार्गप्रशस्त गरेसंगै सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरेका छन् ।

यसअघि गत २४ असोजमा प्रदेशसभाको बैठकमा शाक्यले विश्वासको मत लिने प्रस्ताव राखेकी थिइन् । विश्वासको मत लिनका लागि गत बिहीबार बसेकाे प्रदेशसभाको बैठकमा अन्तिम समयमा आएर विश्वासको मत लिनका लागि समय सार्दै आज बुधबारका लागि तय भएको थियो ।

मुख्यमन्त्रीमा विश्वासको मतका लागि आवश्यक तयारी गर्न एमालेले बुधबारसम्मको समय लिए पनि सांसदको समर्थन जुटाउन नसकेपछि शाक्यको राजीनामा आएको हो । बाग्मतीमा गठबन्धमा रहेका दलहरू नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी विश्वासको मत नदिने बताएपछि शाक्य अप्ठ्यारोमा पर्दै आएकी थिइन् । गठबन्धनले उनलाई विश्वासको मतभन्दा पनि राजीनामा दिएर मार्गप्रशस्त गर्नका लागि आग्रह गर्दै आएको थियो ।

बाग्मती प्रदेशसभामा १०९ जना प्रदेशसभा सदस्यहरू रहेकोमा सरकार गठनको लागि ५५ सांसदको समर्थन आवश्यक पर्दछ । नेकपा एमाले विभाजनपछि १३ जना सांसदले एकीकृत समाजवादीमा सनाखत गरेसँगै अहिले एमालेका ४३ जना मात्र सांसद छन् ।

यस्तै, प्रमुख प्रतिपक्ष नेकपा माओवादीका २३ जना, नेपाली कांग्रेसको २२ जना, विवेकशील साझा पार्टीको तीन जना, नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का दुई जना, राप्रपाका दुई जना र जनता समाजवादी पार्टी (जसपा) को एक जना प्रदेशसभा सदस्य छन् ।

सरकार बनाउनका लागि आवश्यक मत सहित तयार रहेको गठबन्धनले एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने भएको छ । केन्द्रिय गठबन्धनको सहमतिबमोजिम प्रदेशमा कांग्रेस र एकीकृत समाजवादीले आलोपालो सरकारको नेतृत्व गर्नेसमेत यसअघि नै सहमति भइसकेको छ । समाजवादीका नेता पाण्डेपछि कांग्रेसका नेता ईन्द्रबहादुर बानिया मुख्यमन्त्री बन्ने सहमति यी दुई दलबीच भएकाे छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्