Shikhar Insurance

उकालो लागेको सुनको मूल्यमा ब्रेक, तोलामा ६ सयले घट्दा यस्तो भयो बजार भाउ

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १०, बुधबार १५:३३
NIMB
Nabil Bank

काठमाडौं । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएकोमा बुधबार ६ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको हो ।

बुधबार छापावाल सुनप्रति १० ग्राम ७८ हजार ८७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ४४५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बुधबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको एक हजार २६५ रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ७१ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्