Shikhar Insurance

तीनै तहको चुनाव एकै पटक गरौंः माधव नेपाल

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १२, शुक्रबार १२:०८
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एकिकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले तीनै तहको निर्वाचन एकै पटक गर्न प्रस्ताव गरेका छन् । नेपालको निर्वाचन प्रक्रिया झण्झटिलो तथा खर्चिलो भएकाले तीनै तहको निर्वाचन एकै पटक गर्नुपर्ने प्रस्ताव अध्यक्ष नेपालले अघि सारेका हुन् ।

पोखरामा पत्रकार महासंघ गण्डकी प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले भने–‘हाम्रो निर्वाचन धेरै खर्चिलो भयो, राज्य र राजनीतिक दलहरुको अधिक समय पनि निर्वाचनकै नाममा खर्च हुन थाल्यो, कानुनले रोक्दैन भने तीनै तहको चुनाव एकै पटक गरौं’, पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले भने ।

Citizen Life
Kumar Bank

अध्यक्ष नेपालले प्रधानन्यायधिश प्रकरणबारे भने आफुले बुझ्न नपाएको बताए । उनले थप बुझेर मात्रै प्रधानन्यायधिश प्रकरणबारे बोल्ने पनि बताए । साथै न्यायलयलाई विवादमा तान्ने काम केपी ओलीले गरेको आरोप पनि उनले लगाए ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्