Shikhar Insurance

नेप्सेमा नयाँ सिईओका लागि आवेदन खुल्यो, साउँद नै दोहोरिएलान ?

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १३, शनिबार ११:४१
NIMB
Nabil Bank

काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा नयाँ सिईओको खोजी सुरु गरेको छ । अर्थमन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गर्दै नेप्सेको सिईओका लागि १५ दिनभित्र आवेदन दिन भनेको हो ।
सर्वाेत्तम सिमेन्टको सेयर आफ्नै श्रीमतिका नाममा खरिद गरेपछि विवादमा मुछिएका चन्द्रसिंह साउँदले राजीनामा गरेपछि नेप्सेको सिईओ पद खाली थियो ।
अर्थमन्त्रालयले आगामी १५ दिन भित्र तीन हजार रुपैयाँ दस्तुर तिरेर आवेदन गर्न भनेको हो । आवेदकहरुलाई नेप्सेको भावी योजनाबारे प्रस्तुति दिएर प्रारम्भिक छनौट गरि अन्तरवार्ता पश्चात तीन जनाको नाम मन्त्रिपरिषदमा पठाइनेछ ।

प्रधानमन्त्री पत्नि आरजु राणाको विश्वास पात्रका रुपमा रहेका चन्द्रसिंह साउँद पुनः नेप्सेको सिईओ बन्ने सम्भावना रहेको चर्चा छ ।

Citizen Life
Kumar Bank
GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्