Shikhar Insurance

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रकरणः छनोट समितिमै चलखेल, सदस्यको ठाउँ किन खोसे उपाध्यक्षले ?

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १३, शनिबार १७:३७
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त प्रक्रिया प्रारम्भमै विवादमा परेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले हस्तक्षेप गर्दै नेपाली काँग्रेस निकटलाई अध्यक्ष बनाउने खेल गरेपछि चलखेल सुरु भएको आरोप लागेको हो ।

छनोट समिति गठनमै चलखेल भएपछि गैरकाँग्रेसी दाबेदारहरु आक्रोशित बनेका हुन् । अर्थमन्त्रीले समेत पत्तै नपाउने गरि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पौडेल आफैं छनौट समितिको संयोजक बनिदिएका छन् । यसअघिसम्म योजना आयोगका सम्बन्धित फाँट हेर्ने सदस्यलाई छनौट समिति संयोजक बनाउने गरिन्थ्यो ।

Citizen Life
Kumar Bank

यसपाली पनि मन्त्रालयले आयोगलाई सम्बन्धित फाँट हेर्ने सदस्य पठाउनु भनि पत्र लेखेको थियो । तर, आयोग उपाध्यक्ष पौडेलले आफैंलाई संयोजक तोकेर पत्रको जवाफ पठाए । ‘मन्त्रालयले सम्बन्धित फाँट हेर्ने माननीय सदस्यलाई पठाउनु भनेको थियो, उपाध्यक्षज्यूले मै हो भन्दै आफ्नै नाम लेखेर पठाउनु भएछ,’ मन्त्रालय श्रोतले सिंहदरबारसँग भन्यो ।

काँग्रेस निकटका दावेदारलाई बोर्ड अध्यक्ष नियुक्त गर्ने योजनासहित उपाध्यक्ष पौडेलले छनौट समितिमा रामकुमार फुयाँलको नाम काठेर आफैंलाई राखेको चर्चा अर्थ मन्त्रालयमा चलिरहेको छ । यसअघि सञ्चारमाध्यममा फुयाँल संयोजक समिति बनेको चर्चा चलेको थियो । स्वयं अर्थमन्त्री जनार्दन शर्माले पनि आयोग उपाध्यक्षको निर्णयबारे आश्चर्य व्यक्त गरेको श्रोत बताउँछ ।

तीन सदस्यीय समितिको संयोजकमा अब योजना आयोगका उपाध्यक्ष पौडेल, अर्थ सचिव मधु मरासीनी र प्रा.डा. नारायण प्रसाद पौडेल सदस्य रहनेछन् । यहि समितिले १५ दिनभित्र प्राप्त आवेदनमध्ये प्रारम्भिक छनौट गरेर अन्तरवार्ता मार्फत ३ जनाको नाम अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्नेछ । सुरुमा उत्साहित देखिएका माओवादी तथा नेकपा एस निकटका दावेदार अहिले भने हतोत्साहित बन्न पुगेका छन् । यो निर्णयले काँग्रेस निकट दावेदारहरु भने थप उत्साहित बनेका छन् ।

काँग्रेस निकट बोर्डका कार्यकारी निर्देशक डा. निरज गिरी, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशहरू सेयर बजार विज्ञ डा. गोपाल भट्ट तथा शिवनाथ पाण्ड, हालका कार्यकारी निर्देशक गुणाकर भट्ट र नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत सिताराम थपलियालाई यो समाचारले खुसी मिलेको स्रोत बताउँछ ।

प्रतिस्पर्धामा माओवादी निकट उप-कार्यकारी डा. नवराज अधिकारी र बीमा समितिका पूर्व अध्यक्ष चिरिञ्जिवी नेपाल दाबेदार छन् । यस्तै नेकपा एकीकृत समाजवादी निकट चार्टर्ड एकाउन्टेन्ट कृष्णप्रपाद आचार्यले पनि बोर्ड अध्यक्ष बन्ने इच्छा देखाएका छन् ।

यसकारण हुँदैछ चलखेल ?

नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षमै नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने सम्भावना छ । ओली सरकार र भिष्म ढुंगानाको बहिर्गमन हुदैनथ्यो भने अहिलेसम्म नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अन्तिम चरणमा पुगिसकेको हुने थियो ।

अब आउने बोर्ड अध्यक्षको प्राथमिकतामा पनि नयाँ स्टकको लाइसेन्स हुनेछ । त्यस्तै, ठूलै आर्थिक कारोबार हुने कमोडिटीज मार्केटको लाइसेन्स पनि पाइपलाइनमा छ ।

प्रदेश स्तरमा ब्रोकरको लाइसेन्स वितरण गर्ने तयारी पनि अन्तिम चरणमा पुगिसकेको थियो । अब आउने अध्यक्षले धमाधम लाइसेन्स वितरण गर्न पाउने भएकाले पनि बोर्ड अध्यक्ष नियुक्तlमा कडा प्रतिष्पर्धा देखिन्छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्