Shikhar Insurance

एमाले उपाध्यक्ष भिम रावलद्धारा राजीनामा !

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १४, आईतवार १०:४१
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले)का उपाध्यक्ष डा. भिम रावलले १० बुँदे कार्यान्वयन कार्यदलबाट लिखित राजीनामा दिएका छन् । अध्यक्ष केपी ओलीले १० बुँदे कार्यान्वयनमा अनिच्छा देखाएको भन्दै केहि दिन अघि बसेको केन्द्रिय कमिटी बैठकमा उपाध्यक्ष रावलले कार्यदल संयोजकबाट राजीनामा दिने घोषणा गरेका थिए । सोही घोषणा अनुसार रावलले कात्तिक १० नै लिखित राजीनामा बुझाएका हुन् ।

१० बुँदे सहमति गर्दै पार्टी एकता जोगाउन भन्दै माधव नेपाललाई छाडेर एमालेमै बसेका रावलसहितका १० जना नेताहरुलाई अध्यक्ष ओलीले कर्नरमा पार्न थालिसकेका छन् । रावलको सुदुरपश्चिम इञ्चार्ज खोसेर लेखराज भट्टराई दिईएको छ भने बागमति प्रदेशको इञ्चार्जबाट पनि अष्टलक्ष्मी शाक्यलाई हटाएर बादललाई जिम्मेवारी दिईएको छ ।

Citizen Life
Kumar Bank

योगेश भट्टराईको गृह जिल्ला ताप्लेजुङ, भिम आचार्यको सुनसरी लगायतका जिल्लाहरुमा ओली समुहले १० बुँदे पक्षधरलाई निषेध नै गरेका छन् । यहि मंसिरमा हुने महाधिवेशनमा केन्द्रिय सदस्य जित्न समेत मुस्किल हुने देखिएपछि एमालेमा बसेका १० भाईहरु यतिबेला तनाबमा परेका छन् ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्