Shikhar Insurance

नविल बैंकको नाफा १११ करोड, यस्ता छन् अरु सूचक

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १५, सोमबार ०९:१६
NIMB
Nabil Bank

काठमाडौं । निजी क्षेत्रको अग्रणी बैंकका रुपमा स्थापित रहँदै आएको नविल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक एक अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको छ । यो नाफा बैंकले गत आर्थिक वर्षको सोही अवधीमा कमाएको भन्दा ९ करोड रुपैँयाले बढी हो । गत वर्षको असोज मसान्त अवधीमा बैंकले एक अर्ब ३ करोड रुपैयाँ नाफा कमाएको थियो । नविलले पहिलो तीन महिनामा वितरण योग्य नाफा भने ८५ करोड रुपैँया आर्जन गरेको देखिन्छ ।

पहिलो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण अनुसार नविलले सो अवधीसम्ममा २ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले खुद ब्याज आम्दानी २ अर्ब २४ करोड रुपैयाँ गरेको छ । १३ अर्ब ८४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १५ अर्ब ६२ करोड रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank

नविलको प्रति सेयर आम्दानी ३२.११ रुपैयाँ कायम भएको छ भने प्रति सेयर नेटवर्थ २४७.३१ रुपैँया रहेको छ । नविलको आधार ब्याजदर ६.११ प्रतिशत र स्प्रेड दर ३.१८ प्रतिशत छ । गत असोज मसान्तमा बैंकको आधार ब्याजदर ६.६८ र स्प्रेड ३.९७ प्रतिशत थियो । नविलको सीडी रेसियो भने ८८.६४ प्रतिशत रहेको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्