Shikhar Insurance

तरलताको संकटमाझ राष्ट्र बैंकले १ अर्ब ६६ करोड रूपैयाँ आन्तरिक ऋण उठाउँदै

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १५, सोमबार १२:२४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब ६६ करोड रूपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकलले सरकारका लागि अल्पकालीन ऋण उठाउन लागेको हो ।

बोलकबोल प्रक्रिया मार्फत आज बिल बिक्री हुँदैछ । केन्द्रीय बैंकले ९१ दिन अवधिको १० करोड बराबरको र ३६४ दिन अवधिको १ अर्ब ५६ करोडको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

Citizen Life
Kumar Bank

९१ दिने ट्रेजरी माघ १८ गते परिपक्व हुनेछ भने ३६४ दिने ट्रेजरी २०७९ कात्तिक १५ मा परिपक्व हुनेछ । यसअघि यही कात्तिक ८ मा बैंकले पाँच अर्ब ६० करोडको ट्रेजरी बिल बिक्री गरेको थियो ।

बजारमा अहिले तरलताको चरम अभाव छ । हिजोसम्म बैंकिङ प्रणालीमा २० अर्ब रूपैयाँ तरलता छ भने अन्तरबैंक ब्याजदर ४.९६ प्रतिशत पुगेको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्