Shikhar Insurance

बैंकर्स संघको अध्यक्षमा अनिल उपाध्यायको उम्मेदवारी, यी हुन उपाध्यक्षका दावेदार

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १५, सोमबार १९:५२
NIMB
Nabil Bank

काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल कुमार उपाध्यायले उम्मेदवारी दर्ता गरेका छन् । हाल संघको उपाध्यक्ष रहेका उपाध्यायले आगामी कार्यकालका लागि अध्यक्षमा मनोनयन दर्ता गरेका हुन् ।

बैंकर्स संघका अध्यक्ष भुवन दाहालले अध्यक्षका लागि उम्मेदवारी दर्ता गरेको बताए । ‘अनिल जीले आज उम्मेदवारी दर्ता गर्नुभएको छ, अरुले उम्मेदवारी दर्ता नगरे उहाँले सर्व सम्मत अध्यक्ष बन्नु हुनेछ’, दाहालले सिंहदरबारसँग भने ।

Citizen Life
Kumar Bank

संघका उपाध्यक्षमा भने एनएमबि बैंकका सिईओ सुनिल केसी, प्रभु बैंकका सिईओ अशोक शेरचन र मेगा बैंककी सिईओ अनुपमा खञ्जेलीले इच्छा देखाएका छन् । यद्यपी उनीहरुले उम्मेदवारी भने दर्ता गरिसकेका छैनन् ।

संघको अध्यक्ष र उपाध्यक्षसहित सबै टिम सर्वसम्मतिमा चयन गराउन सिनियर बैंकर तथा वर्तमान कार्यसमिति लागिपरेको छ । संघको साधारण सभा कात्तिक २३ गते आयोजना हुँदैछ ।

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्