Shikhar Insurance

लगानीकर्ताका लागि फलिफाप बन्यो धन्तेरस, नेप्से दोहोरो अंकले बढ्दा ६ अर्बको कारोबार

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १६, मंगलवार १५:५१
NIMB
Nabil Bank

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा दोहोरो अंकको सुधार भएको छ । धन्तेरसका दिन नेप्से परिसूचक २३.७६ अंकले बढेर दुई २८४३.६२ बिन्दुमा पुगेर बन्द भएको छ ।

नेप्सेमा कारोबारमा आएका दुई सय ३० कम्पनीले ९९ लाख ७७ हजार कित्ता सेयर ६ अर्ब ७ करोड ३७ लाख रूपैयाँमा किनबेच भए । आज सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको सेयर कारोबार भएको छ । यस बैंकको ४६ करोड ९७ लाख २३ हजार चार सय १५ रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank

आज कारोबार भएका तीन वटा समूहको सूचकबाहेक अन्य सबै समूहको सूचक बढेका छन् । विकास बैंक र अन्य समूहको सूचकमा तीन प्रतिशतभन्दा धेरैको सुधार आएको छ भने बाँकी सबै समूहको सूचकमा शून्य दशमलब एकदेखि एक प्रतिशतभन्दा धेरैको सुधार आएको छ ।

नेप्सेका अनुसार कारोबार भएका कम्पनीमध्ये साहस उर्जा कम्पनी र गुडविल फाइनान्स कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । यिनीहरूको सेयर मूल्य नौ प्रतिशतभन्दा धेरैले बढेको छ । विशाल बजार कम्पनी, नेपाल बंगलादेश बैंक, आरएमडीसी लघुवित्त लगायतका पाँच कम्पनीको सेयर मूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ । आज यस कम्पनीको सेयर मूल्य दुई प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्