Shikhar Insurance

झापाको आफ्नै क्षेत्रमा कति सुरक्षित छन् त केपी ओली ? यस्तो रहेछ अंकगणित

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १७, बुधबार १४:५९
NIMB
Nabil Bank

काठमाडौं । एमाले अध्यक्ष केपी ओली आफ्नै निर्वाचन क्षेत्र झापा क्षेत्र न. ५ मा कमजोर देखिएका छन् । २०७४ सालको आम निर्वाचनमा माओवादी र राप्रपा समेतको मत मिलाएर सबै भन्दा ठूलो मतान्तरमा चुवना जितेका ओली यसपाली भने कमजोर देखिएका हुन् ।

२०७४ को निर्वाचनमा ओलीले ५७ हजार १३९ मत ल्याएका थिए जुन कुल खसेको मतको ६२.५५ प्रतिशत हुन्थ्यो । ओलीको क्षेत्रमा नेपाली काँग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले २८ हजार २९७ मत पाएका थिए । काँग्रेस उम्मेदवार अधिकारी भन्दा ओलीले २८ हजार ८ सय ४२ मत बढी ल्याएर चुनाव जितेका थिए ।

Citizen Life
Kumar Bank

तर ओलीले प्राप्त गरेको मतमा माओवादी र राप्रपाको समेत मत जोडिएको थियो । झापा क्षेत्र न. ५ मा राप्रपाले समानुपातिक तर्फ ९ हजार ५९ मत पाएको थियो भने माओवादीले ६ हजार ३५२ मत पाएको थियो । १५ हजार ४११ मत हुन जान्छ । राप्रपा र माओवादीको मत घटाउँदा ओलीले काँग्रेस उम्मेदवारको भन्दा १४ हजार बढी मत ल्याएर निर्वाचन जितेको देखिन्छ ।

ओलीको निर्वाचन क्षेत्रमा रहेका चार वटा स्थानीय तहमध्ये एउटामा एमाले, एउटामा काँग्रेस र एउटामा राप्रपाले जितेको छ । एउटा स्थानीय तहमा भने काँग्रेस र एमालेको बराबरी मत आएपछि गोलाप्रथाबाट एमाले उम्मेदवार जितेका थिए ।

एमालेले दमक नगरपालिका, काँग्रेसरले गौरादह नगरपालिका र राप्रपाले गौरीगञ्ज गाउँपालिका जितेका छन् । कमल गाउँपालिकामा भने काँग्रेस र एमालेको बराबर मत आएको थियो । अब भने दमकमा पनि राप्रपाको मत नलिई एमालेले जित्न सक्ने अवस्था देखिन्न ।
राप्रपाले जितेको गौरीगञ्ज गाउँपालिकामा एमालेको मत चौथो नम्बर छ ।

फुटको असर ?
झापामा एमाले विभाजनको असर खासै नदेखिएको दावी ओलीका कार्यकतौहरुले गर्दै आएका छन् । तर माधव नेपाल निकट नेताहरु भने ओलीलाई चुनाव हराउन सक्ने सामथ्र्य आफुहरुसँग रहेको बताउँछन् । नेकपा(एकिकृत समाजवादी)का पक्षमा नेताहरु खुल्ने क्रम बढेको र ओलीलाई पराजयको स्वाद चखाएरै छाड्ने माधव नेपालका कार्यकर्ताहरुको दावी छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्