Shikhar Insurance

नेपाल बैंकर्स संघको निर्विरोध अध्यक्ष बने अनिल उपाध्याय

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १७, बुधबार १६:१६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल कुमार उपाध्याय निर्विरोध निर्वाचित भएका छन् । बुधबार २ बजेसम्म मनोनयन गर्ने समय रहेकामा उपाध्यायको मात्रै उम्मेदवारी परेको हो ।

कात्तिक २३ गते हुने संघको साधारण सभामा उपाध्यायलाई अध्यक्ष घोषणा गरिनेछ । उपाध्याय हाल संघका उपाध्यक्षको जिम्मेवारीमा छन् ।
कार्य समिति सदस्यमा भने एनआईसी एसिया बैंकका सिईओ रोशन न्यौपाने र लक्ष्मी बैंकका अजय बिक्रम शाहको मात्रै उम्मेदवारी परेकाले उनीहरु पनि सर्व सम्वत भएका छन् ।

Citizen Life
Kumar Bank

उपाध्यक्षमा भने एनएमबि बैंकका सिईओ सुनिल केसी, प्रभु बैंकका सिईओ अशोक शेरचन र मेगा बैंककी सिईओ अनुपमा खुञ्जेलीले इच्छा देखाएका छन् ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्