Shikhar Insurance

बागमतीका मुख्यमन्त्री पाण्डेले कार्यकाल सुनिश्चित गर्न आज विश्वासको मत लिने

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २२, सोमबार १०:३०
NIMB
Nabil Bank

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिने भएका छन् । उनी यही कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका थिए । सरकार गठन भएको ३० दिनभित्र प्रदेशसभामार्फत विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

प्रदेशसभा बैठक आज दिउँसो ३ बजे बस्ने र सोही बैठकमा आज नै विश्वासको मत लिने प्रक्रिया सुरु गरिने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए । “भ्याएसम्म विश्वासको मत लिने सबै प्रक्रिया आजै सकिन्छ, नभ्याए मात्र बाँकी प्रक्रिया भोलिका लागि सर्छ”, उनले भने ।

Citizen Life
Kumar Bank

प्रदेशसभामा १०९ सदस्यमध्ये ५९ का समर्थनमा मुख्यमन्त्री बनेका पाण्डेले सजिलैसँग विश्वासको मत प्राप्त गर्ने देखिन्छ । विश्वासको मत प्राप्त गर्न मुख्यमन्त्रीलाई ५५ मत आवश्यक पर्छ । सत्तागठबन्धनमा रहेका दलहरुसँग ५९ मत कायम छ ।

मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने बताइएको छ । यसअघि मुख्यमन्त्रीले चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।रासस

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्