Shikhar Insurance

नेप्से दोहोरो अंकले ओरालो

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २२, सोमबार १७:००
NIMB
Nabil Bank

काठमाडौं । तिहारपछिको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । सोमबार नेप्से १९ दशमलव २० अंकले घटेर २८२९.६५ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

नेप्सेमा चार अर्ब ४२ करोड सात लाख बराबरको कारोबार भएको छ । कारोबार भएका तीन समूह बाहेक अन्य सबै समूह घटेका छन् । सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । बैंकको ५२ करोडभन्दा बढीको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank

नेप्सेका अनुसार आज फाइनान्स, म्युचल फण्ड र लगानी समूहको सूचकबाहेक सबै समूहको सूचक राता देखिएका छन् । कारोबारमा आएका कम्पनीमध्ये पाँच कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । सेयर मूल्य उच्च वृद्धि हुनेमा साहस उर्जा कम्पनी, आइसीएफसी फाइनान्स, तेह्रथुम पावर कम्पनी, मानुषी लघुवित्त वित्तिय संस्था र महालक्ष्मी विकास बैंक रहेका छन् । यि सबै कम्पनीको सेयर मूल्य नौ देखि १० प्रतिशतसम्मको हाराहारीमा बढेको छ ।

आज सबैभन्दा कम नोक्सान व्यहोर्नेमा सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ता रहेका छन् । फाइनान्सको सेयर मूल्य झण्डै आठ प्रतिशतले घटेको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्