Shikhar Insurance

सुदुरपश्चिम कमिटीको बैठकमा निम्तो नपाएपछि भनेः एमाले बैठक गुटबन्दीको नमुना हो, बहिष्कार गरौं

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २३, मंगलवार ११:००
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले)का उपाध्यक्ष भिम रावलले पार्टी सुदुरपश्चिम कमिटी बैठक अबैध भएको बताएका छन् । १० बुँदे सहमतिपछि जारी गरिएको अपानी १२ को विपरिद डाकिएको सुदुरपश्चिम कमिटीको बैठक गुटबन्दीको नमुना भएको पनि रावलले आरोप लगाएका छन् । उनले १० बुँदे समझदारी झापामा लागु हुने सुदुरपश्चिममा नहुने भन्दै कटाक्ष समेत गरेका छन् ।

उपाध्यक्ष रावलले बिद्रोहको संकेत गर्दै त्यस्तो अबैध बैठकमा सहभागी हुन नेता कार्यकर्ताहरुलाई आव्हान समेत गरेका छन् । १० बुँदे सहमति मार्फत माधव नेपालको साथ छाडेर एमालेमै बसेका रावललाई सुदुरपश्चिम प्रदेश कमिटीको बैठकमा बोलाईएको छैन् । रावलको इञ्चार्ज पद खोसेर लेखराज भट्टलाई जिम्मा दिईएको छ । रावलले आफ्नो जिम्मेवारी खोसिएपछि आक्रोश पोख्दै आएका छन् ।

Citizen Life
Kumar Bank

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्