Shikhar Insurance

सेबोन अध्यक्षमा १२ जनाको आवेदन, यी हुन् आकांक्षी

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २५, बिहीबार १९:१५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष पदमा १२ जनाले आवेदन दिएका छन् । बोर्ड कार्यकारी निर्देशक  निरज गिरीसहित दर्जन जनाले आकांक्षा देखाएका हुन् ।
बोर्ड अध्यक्षका लागि बोर्डकै उपकार्यकारी निर्देशक डा. नवराज अधिकारीले पनि आवेदन दिएका छन् ।

बोर्डका पूर्व कर्मचारी डा. जीवन अमगाईं पनि अध्यक्ष बन्ने दौडमा लागेका हुन् ।

Citizen Life
Kumar Bank

यसैगरी बीमा समितिका निवर्तमान अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल स्टक एक्सचेञ्जका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, कर्मचारी सञ्चय कोषका पूर्व प्रमुख कृष्ण आचार्य पनि अध्यक्ष बन्न आवेदन दिएका छन् ।

आवेदन दिने अन्तिम दिनसम्म नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा पुँजीबजार विज्ञ डा. गोपाल भट्ट, रमेश हमाल, सहरी विकास कोषको उपनिर्देशक अनिल पौडेल, अम्बिका शर्मा लामिछाने, डा. केशव श्रेष्ठ र हेमन्त बस्यालले बोर्ड अध्यक्ष पदका लागि आवेदन दिएका छन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल संयोजकत्वमा रहेको छनौट समितिले ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नेछ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्