Shikhar Insurance

विश्व इतिहासमा आजः लेसोथोमा कु देखि पूर्वी टिमोरमा नरसंहार

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २६, शुक्रबार ०९:३९
NIMB
Nabil Bank

आज नोभेम्बर १२ । प्रस्तुत छ विश्व इतिहासमा आज भएका सामाजिक तथा राजनीतिक घटनाक्रमः

लेसोथोमा कु
सन् १९९० मा लेसोथोका तत्कालिन राजा मोसुजसु द्दितीयबिरुद्ध जस्टिन मेटसिंग लेखन्याले कु गरी सरकार नियन्त्रणमा लिएका थिए । केही महिनापछि भएको अर्को सैन्य कुमा लेखन्यालाई देश निकाला गरिएको थियो ।

Citizen Life
Kumar Bank

जापानी सम्राट अकिहितोको सत्तारोहण
सन् १९९० मा जापानी सम्राट अकिहितो औपचारिक रुपमा राजगद्दीको उत्तराधिकारी भएका थिए । आफ्ना बाबु हिरोहितोको निधन भएको दुई बर्षपछि अकिहितो जापानको राजगद्दीको उत्तराधिकारी बनेका थिए ।

भारतको संविधानबारे राउन्ड टेबल कन्फरेन्स
भारतको भावी संविधानबारे बिचार विमर्श गर्न व्रिटीश सरकारले सन् १९३० मा पहिलो राउन्ड टेबल कन्फरेन्सको आयोजना गरेको थियो । सन् १९३० देखि १९३२ को अवधिमा व्रिटीश सरकारले तीन ओटा राउन्ड टेबल कन्फरेन्स गरेको थियो ।

पूर्वी टिमोरमा नरसंहार
सन् १९९१ मा इन्डोनेसियाली सेनाले पूर्वी टिमोरको डिलीस्थित सान्ता क्रुज चिहानमा गोली चलाउँदा पूर्वी टिमोरमा स्वतन्त्रता समर्थक प्रदर्शनकारीको मृत्यु भएको थियो । डिली नरसंहार भनिने सो हमलामा २५० जनाको मृत्यु भएको थियो ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्