Shikhar Insurance

व्यवसायी मोतीलाल दुगड बने एमाले महाधिवेशन प्रतिनिधी

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २८, आईतवार १०:०८
NIMB
Nabil Bank

काठमाडौं । व्यवसायी मोतिलाल दुगड एमाले महाधिवेशन प्रतिनिधी चयन भएका छन् । एमालेको संगठन संरचनामा केन्द्रिय सल्लाहकार परिषदबाट दुगडलाई
केपी ओली नेतृत्वको सरकारमा ओलीले दुगडलाई उद्योग, बाणिज्य तथा आपूर्ति राज्य मन्त्री बनाएका थिए । राज्यमन्त्रीबाट हटाएपछि ओलीले पुनः दुगडलाई मन्त्री सरहको सुविधासहित प्रमुख आर्थिक सल्लाहकार बनाएका थिए ।

सेञ्चुरी ग्रुपका प्रमुख दुगडले ओली प्रधानमन्त्री हुँदा पाँच सय उद्यमी व्यवसायीलाई एमाले प्रवेश गराउने अभियान थालेका थिए । तर ओली सरकार कायम रहँदासम्म ३ सय ३५ जना व्यवसायीले बालुवाटार नै पुगेर ओलीको हातबाट एमालेको टिका लगाएका थिए । एमाले र ओलीका लागि निजी क्षेत्रसँग सम्बन्ध मिलाईदिने र आवश्यक खर्चको जोहो समेत गरिदिने भनेर चिनिँदै आएका दुगड नुन कालोबजारीमा मुछिएका थिए । उनै दुगडले हाल एमालेको केन्द्रिय कार्यालय रहेको थापाथलीको भवन समेत मिलाईदिएका हुन् ।

Citizen Life
Kumar Bank

हिमालयन रिलाई लाइसेन्स दिलाउन र त्यसको सेयर आफुले समेत लिएका दुगडको राज्यमन्त्री बनेपछि व्यवसायीक क्षेत्रमा रवाफ बढेको बताइन्छ । दुगडले अब आफु पूर्णतः राजनीतिमै लाग्ने बताउँदै आएका छन् ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्