Shikhar Insurance

खुद नाफा बढेपनि निफ्राको प्रतिसेयर आम्दानी घट्यो

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २८, आईतवार ११:४१
NIMB
Nabil Bank

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार असोज मसान्तसम्ममा २४ करोड २० लाख २७ हजार रुपैयाँ खुद नाफा भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४.३७ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १८ करोड १ लाख २२ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

Citizen Life
Kumar Bank

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४५.७८ प्रतिशतले बढेर ४१ करोड ३४ लाख १३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकले २८ करोड ३५ लाख ८५ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । बैंकको सञ्चालन नाफा ३४.२० प्रतिशतले बढेर ३४ करोड ५७ लाख ४३ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा बैंकले २५ करोड ७६ लाख ४२ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजीमा ६६.६७ प्रतिशत बढेको छ भने निक्षेप संकलन १९.२६ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको जगेडा कोष ४५.६९ प्रतिशत बढेको छ ।

नाफा कमाए पनि बैंकको प्रतिसेयर आम्दानीमा भने गिरावट आएको छ। समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँबाट १ एक रुपैयाँ १६ पैसा घटेर ४ रुपैयाँ ८४ पैसामा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ २२ पैसा छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्