Shikhar Insurance

यी हुन् कम सेयर मूल्य भएका बढी प्रतिफल दिने बैंकहरू, दोस्रो बजारले नपत्याए पनि छन् निकै अब्बल

सिंहदरबार संवाददाता
२०७८ माघ १२, बुधबार १३:३३
NIMB
Nabil Bank

काठमाडौं । धितोपत्रको दोस्रो बजारमा कम्पनीको सेयर मुल्य आपूर्ति र मागले निर्धारण गर्छ । तर, लगानीकर्ताले कहिलेकाहीँ कम प्रतिफल दिने कम्पनी बढी मूल्यमा र बढी प्रतिफल दिने कम्पनी कम मूल्यमा खरिद गरिरहेका हुन्छन् ।

बैंकहरुको दृष्टान्त लिने हो भने, दोस्रो बजारको सेयर मूल्यसँग चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणबाट प्राप्त तथ्यांक तुलना गर्दा लगानीकर्ताले कम प्रतिफल पाइने बैंक महंगोमा र बढी प्रतिफल पाइने बैंक सस्तो मूल्यमा किन्ने गरेको स्पष्ट हुन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सेयर मूल्य र प्रतिफलको सम्बन्ध देखाउने तथा विश्लेषण गर्दा सबैभन्दा रिलायबल वित्तीय सूचकांक पीई रेसियो हो ।

बैंकको सेयरको बजार मूल्यलाई प्रतिसेयर आम्दानी (ईपीएस)ले भाग गर्दा पीई रेसियो आउँछ । पीई रेसियोले सो बैंकको प्रतिसेयर १ रुपैयाँ आम्दानी गर्न लगानीकर्ताले कति रुपैयाँ हाल्ने गरेको देखाउँछ ।

बजार मूल्यलाई प्रतिसेयर आम्दानीले भाग गर्दा पीई रेसियो आउँछ, अर्थात् १ रुपैयाँ ईपीएसका लागि दोस्रो बजारको सेयर मूल्य । यसको गणितीय अर्थ बैंकको १ रुपैयाँ प्रतिफल पाउन लगानीकर्ताले दोस्रो बजारमा कति रुपैयाँ तिर्ने गरेका छन् भन्ने पनि हो ।

कम पीई रेसियोले लगानीको तुलनामा आम्दानी बढी छ भन्ने बुझाउँछ । अर्थात् जति कम पीई त्यति राम्रो प्रतिफल ।

उदाहरणका लागि माघ १२ गते मंगलबार एनएमबी बैंकको बजार मूल्य ३ सय ५० रुपैयाँ कायम भएको छ । दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बैंकको ईपीएस १८ रुपैयाँ ६४ पैसा छ ।

वित्तीय विवरण अनुसार सिभल बैंकको ईपीएस सबैभन्दा कम ११.६६ रुपैयाँ छ । बैंकको सेयर मूल्य २ सय ५८ रुपैयाँ छ ।

दोस्रो बजारमा कारोबार हुने बैंकहरुमध्ये सबैभन्दा बढी ईपीएस एनआईसी एशियाको छ । बैंकको ईपीएस ४१.४३ रुपैयाँ छ । बढी ईपीएस हुने बैंकको सूचीमा सिद्धार्थ र तेस्रोमा नबिल छन् ।

 

यी तथ्यांकको आधारमा हिसाब गर्दा ग्लोबल आईएमईको पीई रेसियो सबैभन्दा कम १६.०८ छ भने नबिलको सबैभन्दा बढी ४७.८६ छ ।

अर्थात् ग्लोबलको १ रुपैयाँ प्रतिसेयर आम्दानीका लागि लगानीकर्ता दोस्रो बजारबाट सेयर किन्दा १६.०८ रुपैयाँ तिर्न तयार छन् । यस्तै माछापुच्छ्रे बैंकको प्रतिसेयर १ रुपैयाँ आम्दानीका लागि लगानीकर्ताले १६.४९ रुपैयाँ तिर्छन् ।

प्रभु, मेगा र सिटिजन्स बैंकको १ रुपैयाँ आम्दानीका लागि लगानीकर्ताले १७ रुपैयाँभन्दा कम लगानी गर्नुपर्ने देखिन्छ ।

अब, यो हिसाबलाई उल्टो गरेर हेरौं । ईपी प्रतिशत हेरौं, अर्थात् खरिद मूल्यका आधारमा प्रतिफलको प्रतिशत हिसाब गरौं । देस्रो त्रैमासको वित्तीय विवरण अनुसार दोस्रो बजारमा गरेको लगानीबाट नबिलको प्रतिफल सबैभन्दा कम २.०९ प्रतिशतमात्र छ । अर्थात्, बैंकको सेयरमा दोस्रो बजारमा १ सय रुपैयाँ लगानी गर्दा २.०९ प्रतिशत प्रतिफल प्राप्त हुन्छ ।

जो लगानीकर्ताले मंगलबारको मूल्य तिरेर नबिल बैंकको सेयर किनेको छ वा लगानी गरेको छ, बैंकको वित्तीय विवरणअनुसार उसले आफ्नो लगानीको २.०९ प्रतिशतमात्र रिटर्न पाएको देखिन्छ ।

एभरेष्ट, हिमालयन, स्ट्यान्डर्ड चार्टर्ड र नेपाल बंगलादेशको पनि सेयर मूल्य अनुसार प्रतिफल आशालाग्दो छैन ।

यो सूचीको शीर्षमा ग्लोबल आईएमई बैंक छ ।

लगानीकर्ताले पीई हेरेर कुन बैंकमा लगानी गर्दा ठीक हुन्छ, त्यो सोच्नुपर्ने जानकारको ठहर छ । वित्तीय विवरणअनुसार थोरै लगानी गरेर सबैभन्दा बढी रिटर्न पाउने बैंक छान्नु आवश्यक हुन्छ ।

पीईले अहिलेको रिटर्नमात्र होइन, भोलि कति हुन्छ पनि संकेत गर्छ । माग र आपूर्तिले निर्धारण गर्ने सेयरको माग भोलिको सम्भावना अध्ययनले पनि फरक पर्न सक्छ ।

ईपीएस, पीई रेसियो गणना र पीईका अर्थ

कारोबार मूल्यलाई कम्पनीको ईपीएसले भाग गरेर आउने अनुपात ‘पीई रेसियो’ हो ।

‘क’ नाम गरेको बैंकको सेयरको प्रचलित मूल्य प्रतिकित्ता रु. ३ सय र ईपीएस रु. १५ भए ३ सयलाई १५ ले भाग गर्दा आउने २० (३००÷१५ = २०) नै उक्त कम्पनीको ‘पीई’ हो ।

कम्पनीको सेयरको मूल्य बढेर ३ सय १५ पुगे पीई बढेर २१ हुन्छ भने मूल्य घट्दा पीई पनि घट्छ । यस्तै ईपीएस बढेर २० पुगे पीई घटेर १५ (३००÷२० = १५) हुन्छ भने ईपीएस घट्दा पीई बढ्छ ।

प्रत्येक कारोबार मूल्य वा ईपीएससँगै परिवर्तन हुने ‘पीई’को शुद्धता र विश्वसनीयता ईपीएसको शुद्धता र विश्वसनीयतामा भर पर्छ ।

३ सय रुपैयाँ पर्ने कम्पनीको ईपीएस २० रुपैयाँ भन्नुको अर्थ कम्पनीले प्रतिसेयर २० रुपैयाँ कमाएको छ । अर्थात्, १ रुपैयाँ कमाउनका लागि लगानीकर्ताले दोस्रो बजारमा १५ रुपैयाँ तिरेको हुन्छ । अर्थात्, लगानीकर्ताले दोस्रो बजारमा गरेको लगानीको ६.६७ प्रतिशत प्रतिफल पाइरहेको छ भन्ने हुन्छ ।

वित्तीय विवरणको आधारमा वर्षभर उल्लेखित २० रुपैयाँ कमाउने हो भने ३०० रुपैयाँ लगानी उठ्न १५ वर्ष लाग्छ भन्ने पनि पीई रेसियाले संकेत गर्छ ।

अर्को अर्थ हो, अहिलेको ईपीएस प्राप्त गर्न १५ गुणा मूल्य दोस्रो बजारमा तिर्नुपर्छ भन्ने पनि हो ।

यी विषय सैद्धान्तिक हुन् । सबैभन्दा ठूलो प्रश्न, ईपीएस कति शुद्ध, कति विश्वसनीय र कति तिरन्तर छ ? भन्ने हो ।

पुस मसान्तसम्मको तथ्यांकको कुरा गरौं । ८ बैंकहरुले ईपीएस बढाएको देखिन्छ ।

कतिसम्म पीई रेसियो ठीक हो त ? अन्तर्राष्ट्रिय अभ्यास अनुसार पीई १० भन्दा कम भएको संस्थाको सेयर किनिहाल्न भनिन्छ । तर, नेपालमा यो लागु हुँदैन । राम्रो प्रतिफल दिने र कम मूल्य भएका वाणिज्य बैंकको पीई १५ भन्दा माथि छन् ।

तर, कम पीई भएको कम्पनीको सेयर राम्रो भन्ने विषय पनि आफैं विवादित छ । सस्तो सामान राम्रो हुन्छ भन्ने ग्यारेन्टी नहुने विश्लेषक बताउँछन् ।

माग र आपूर्तिले बजार मूल्य निर्धारण हुन्छ, क्षमताले मात्र होइन । मूल्य सस्तो हुनुले माग नभएको पनि संकेत गर्छ ।

बजारमा जोखिम मोल्ने लगानीकर्ता पनि छन् । उनीहरु जोखिम मोलेर बढी पीई भएको कम्पनी पनि किन्न सक्छन् । भोलि बढी नाफा हुने आशले लगानीकर्ता अहिले बढी मूल्य हाल्न तयार हुन्छन् । कम पीई हुँदैमा राम्रो हो भने माइक्रोफाइनान्स वा बीमा कम्पनीको सेयर कसैले किन्दैनथे ।

GBIME

प्रतिक्रिया दिनुहोस्