Shikhar Insurance

कोरोनाबाट कसरी जोगिने ? संक्रमणपछि शरीरमा कस्तो परिवर्तन हुन्छ ?

सिंहदरबार संवाददाता
२०७६ फाल्गुन २०, मंगलवार १५:५७
NIMB
Nabil Bank

काठमाडौँ । कोरोना भाइरसको संक्रमणसंगको डाक्टरहरुको लडाई यस्तो भएको छ कि मानौ अपरिचित दुश्मन संग युद्ध लडिरहेको जस्तो छ ।

यसले मानव शरिरमा कस्तो प्रकारको आक्रमण गर्छ ? संक्रमण पछि शरीरमा कस्तो प्रकारको लक्षण देखिन थाल्छ ?

Citizen Life
Kumar Bank
Nepal Life

किन मानिस गम्भीर रुपले बिरामी हुने वा मृत्युको आशंका धेरै हुन्छ ? डाक्टरहरु यसलाई कसरी उपचार गर्छन् ?

चीनको वुहान शहरको जिन्यिन्तान अस्पतालमा यस भाइरसको उपचार गरिरहेका डाक्टरहरुको समुहले अहिले यस्तो प्रश्नको उत्तर दिन शुरु गरेका छन् । कोरोना भाइरसबाट संक्रमित भएका पहिलो ९९ बिरामीको उपचारको विस्तृत विवरण लान्सेट मेडिकल जर्नलमा छापिएको छ ।

फोक्सोमा आक्रमण 

वुहानको जिन्यिन्तानमा उपचारको लागि लागिएको ९९ बिरामीमा निमोनियाको लक्षण देखिएको थियो । ती बिरामीको फोक्सोमा समस्या थियो र फोक्सोबाट रगतमा अक्सिजनको प्रवाह गराउने भागमा पानी भरिएको थियो ।

८२ जनालाई ज्वोरो आएको थियो, ८१ जनालाई खोकी लागेको थियो,  ३१ जनालाई सास फेर्न समस्या भएको थियो ११ जनालाई मांसपेशीमा दुखाइ थियो र नौ जनालाई भ्रम भएको थियो, आठ जनालाई टाउको दुखेको थियो, पाँच जना को घाँटीमा फोका आएर समस्या भएको थियो ।

चीनमा कोरोनाको कारणले मृत्यु हुन कसरी शुरुवात भयो ?

कोरोना भाइरसबाट संक्रमित भएका पहिलो मृत्यु भएका दुई बिरामी स्वास्थ्य देखिन्थे । उनीहरुलाई लामो समय देखि धुम्रपान गर्ने बानी थियो जसको कारण फोक्सो छिट्टै कमजोर हुन गयो । ६१ वर्षका विरामीलाई जब अस्पताल लगियो तब उनी त्यस समय गम्भीर रुपमा निमोनिया ग्रस्त थिए ।

उनलाई सास फेर्न समस्या भईरहको थियो भने उसको शरीरलाई जीवित राख्ने फोक्सोले अक्सिजनको आपूर्ति गर्न सकेको थिएन। भेन्टिलेटरमा राख्दा पनि उक्त व्यक्तिको फोक्सोले राम्रो संग काम गर्न सकेन र मुटुको धड्कन बन्द भयो ।

दोश्रो बिरामी ६८ वर्षको थियो, उसलाई पनि सास फेर्न समस्या थियो, त्यसैले कृत्रिम रुपमा अक्सिजन दिने प्रयास गरिएको थियो तर त्यो पनि असफल भयो । जब उसको रक्तचाप कम हुँदै गयो तब निमोनियाले उक्त  बिरामीको ज्यान लियो ।

२५ जनवरी सम्ममा कोरोना भाइरस संक्रमणले ९९ जनाको ज्यान गएको थियो त्यस समयमा ५७ जना मानिस अस्पतालमा भर्ना गरिएका थिए भने ३१ जना अस्पतालबाट घर फर्किएका थिए । ११ जनाको थप मृत्यु भयो तर यसबाट मृत्यु हुनेको संख्या ११ प्रतिशत भने थिए ।

अस्पतालमा भइरहेका बिरामीको मृत्यु भइरहेको थियो र सामान्य लक्षण देखिएका मानिस उपचारको लागि अस्पताल नगएको आशंका गरिएको छ । वुहानको हुआनान सीफूड मार्केटमा पाइने समुद्री जीवबाट कोरोना भाइरसको संक्रमण भएको बताईएको छ ।

वुहानस्थित जिन्यिन्तानमा ल्याइएको ९९ जना मानिस मध्य ४९ जना समुन्द्रको खानासंग सम्बन्ध भएका थिए । ४७ जना हुआनान सीफूड मार्केटमा या त प्रवन्धकको काम गर्दथे या त्यहाँ पसल चलाइरहेका थिए । संक्रमित भएका मध्य केवल दुई जना मात्र ग्राहक थिए ।

प्रभावित मानिसहरु प्राय आधा उमेर ढल्कीसकेका थिए र बिरामीको औसत उमेर ५६ वर्षको थियो । तर तथ्यांकको अनुसार कोरोना भाइरसबाट संक्रमण हुने मानिसमा महिला र पुरुष बीच केहि अन्तर रहेको छैन ।

चीनको सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शनको अनुसार पछिल्लो छ पुरुषको तुलनामा पाँच महिलामा यसको संक्रमण देखिएको छ । सामाजिक र सांस्कृतिक कारणले यस भाइरस संक्रमण पुरुषलाई बढी हुने देखिएको छ ।

जिन्यिन्तान अस्पतालका डाक्टर झांग भन्छन्, “कोरोना भाइरस संक्रमणको खतरा महिलामा कम देखिएको छ किनभने महिलामा एक्स क्रोमोजोम र सेक्स हर्मन भएको कारण रोग प्रतिरोधात्मक शक्ति धेरै हुन्छ ।”

९९ बिरामी मध्ये प्राय: पहिला देखि नै कुनै रोगबाट ग्रसित थिए त्यसैले पनि उनीहरुलाई छिट्टै संक्रमण भएको हो ।

डाक्टरहरु यसलाई कमजोर प्रतिरोधात्मक क्षमताको नतीजा बताउछन्, ४० जना बोरामी मुटु रोगी थिए वा रक्त नालीमा समस्या भएका थिए, उनीहरुलाई मुटु सम्बन्धि रोग लागेको थियो र हृदयघात पनि भइसकेको थियो भने १२ जनामा मधुमेहको समस्या थियो ।

के हो कोरोना भाइरस ?

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना भाइरस रुघाखोकी लाग्नुका साथै गम्भीर श्वासप्रश्वास सिन्ड्रोम जसलाई एक्युट रेस्पिरेटरी सिन्ड्रम भनिन्छ, यो रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य हो ।
कोरोनाभाइरस जूनोटिक अर्थात् जनावर र मानिसबीच सर्ने भाइरस हो । पहिचान भएका थुप्रै प्रकारका कोरोनाभाइरस जनावरहरूबाट सर्ने देखिए पनि मानिसबाट सङ्क्रमित बनाएका छैनन् ।

चीनमा सन् २००२ मा उक्त कोरोना भाइरसले आठ हजार ९८ मानिस संक्रमित भएका थिए जस मध्य सात सय ७४ को मृत्यु भएको थियो ।

उक्त भाइरसले कतिपय बिरामीमा निमुनिया हुने गर्दछ, यो वर्ष चीनमा मृत्यु भएका मानिस निमुनियाले ग्रस्त थिए ।

के भन्छन् विशषज्ञ ?

वेलकम मेडिकल रिसर्च च्यारिटीका निर्देशक डा जेरेमी फरार भन्छन्, ‘यस संक्रमण अझै फैलिने सम्भावना छ, अहिले मानिस बाट मानिसमा संक्रमण नभएपनि पछि भने यो मानव बाट नै फैलिने छ , हामीले चीन र अरु देशमा अझ धेरै संक्रमणको केसको वारेमा सुनेका छौ, यो अझ अरु थुप्रै देशमा पनि फैलिने छ ।’

ब्रिटेनस्थित नटिङ्गहम विश्वविद्यालयका प्राध्यापक, जोनाथन बल भन्छन्, ‘अहिले साबै भन्दा ठुलो समस्या भनेको यो भाइरस द्रुत गतिमा फैलिदै छ र ल्याबमा यसको परिक्षण पछी मात्र कति जनालाई संक्रमण भयो भन्ने तथ्यांक थाहा हुन्छ तर अहिले सम्म ४१ प्रकारका भाइरस मानिसमा सरेको भेटिए पनि अझ धेरै हुन सक्ने सम्भावना उत्तिकै छ ।’

लक्षण के हुन् ?

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसहरूमा केही साझा लक्षणहरू देखिन्छन् ।

ज्वरो आउनु र खोकी लाग्नु
छिटोछिटो सास फेर्नु
श्वासप्रश्वासमा कठिनाइ हुनु
गम्भीर भएमा निमोनिया हुनु
सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु
मिर्गौलाले काम गर्न छोड्छ र मृत्यु समेत हुन सक्छ ।

कसरी जोगिन सकिन्छ ?

यो भाइरसको सङ्क्रमणबाट जोगिन विश्व स्वास्थ्य सङ्गठनले निम्न प्रकारका सुझाव दिएको छः

नियमित रूपमा हात सफा गर्ने
खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने
मासु र अण्डा राम्रोसँग पकाएर खाने
कोरोना भाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बस्ने ।

Source: kharibot.com

GBIME

प्रतिक्रिया दिनुहोस्