Shikhar Insurance

दिल्लीको तापक्रमः जनवरीमा १२ दिन चिसो

सिंहदरबार संवाददाता
२०७७ माघ १९, सोमबार ००:१४
NIMB
Nabil Bank

नयाँ दिल्ली । दिल्लीमा यो वर्षको जनवरीमा धेरै दिन चीसो भएका भारतीय मौसम विभागले आइतबार जनाएको छ । विभागका अनुसार यो वर्ष दिल्लीमा सन् २००८ पछि पहिलो पटक लगातार सात दिनसम्म अत्यधिक चीसो भएको छ ।

यस पहिले सन् २००८ मा दिल्लीमा जनवरीका १२ दिन अत्यधिक चीसो रहेका रेकर्ड रहेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

सामान्यतया चार डिग्री सेल्सियसभन्दा कम तापक्रम रहेमा यसलाई चीसो समय मानिने विभागले जनाएको छ । तापक्रम दुई डिग्री वा सोभन्दा कम भएमा यो अत्यधिक चीसो (कोल्ड वेभ) हो ।

विभागअन्तर्गतक्षेत्रीय मौसम पूर्वानुमान केन्द्र प्रमुख कूलदीप श्रीवास्तवले भने, “यो वर्षको जनवरीमा सन् २००८ पछि पहिलो पटक आठ दिन तापक्रम चीसो रहेको पाइएको छ । जवकी १३ वर्ष पहिले उक्त महिनामा १२ दिन तापक्रम निकै चीसो रहेको थियो ।” उहाँका अनुसार सन् २०१९ र २०२० मा दिल्लीमा यसप्रकारको चीसो एक दिन मात्र रहेको थियो भने सन् २०१३ मा छ दिन रहेका थिए ।

श्रीवास्तवका अनुसार पश्चिमी वायुमा आएको अवरोधका कारण जनवरीमा उत्तरपश्चिम भारतमा धेरै रातहरूमा बादल नलाग्दा दिनहरू बढी चीसो भएका हुन् ।

आइतबार विहान दिल्लीको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस रहेको थियो भने आइतबारसँगै विगत सात दिनमा चार दिनसम्म भारतको राजधानी सहर दिल्लीको मौसम अत्यधिक चीसो रहेको थियो । यो अवधिमा अत्यधिक न्यूनतम चीसो भएको दिन २.१ डिग्री सेल्सियस मङ्गलबार र बिहीबारको न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस रहेको थियो ।

दिल्लीमा नयाँ वर्ष अर्थात् जनवरी १ का दिन न्यूनतम तापक्रम १.१ डिग्री सेल्सियस रहेको थियो भने यो दिन दिल्लीमा विगत १५ वर्षमा सबैभन्दा चीसो भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्