Shikhar Insurance

प्रधानमन्त्रीविरूद्ध समाजिक सञ्जालमा टिप्पणी गर्ने पूर्वसचिव उपाध्यायलाई अदालतको सफाई

सिंहदरबार संवाददाता
२०७७ माघ १९, सोमबार ०९:५३
NIMB
Nabil Bank

काठमाडौं । सामाजिक सञ्जालमा भ्रमपूर्ण टिकाटिप्पणी गरेको आरोपमा साइबर अपराध मुद्दा खेपिरहेका नेपाल सरकारका पूर्वसचिव भिम उपाध्यायले सफाई पाएका छन् । उनलाई आइतबार काठमाडौं जिल्ला अदालतले सफाई दिएको हो ।

सामाजिक सञ्जालमा सरकारको खरो आलोचना गर्दै आएका सचिव उपाध्यायलाई नेपाल प्रहरीको साइबर ब्युरोले वैशाख १० गते बुधबार पक्राउ गरेको थियो । प्रक्राउ परेको केही दिनपछि धरौटीमा रिहा भएका उपाध्यायलाई ९ महिनापछि अदालतले सफाई दिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

उपाध्यायले यसबारे फेसबुक पेजमा आफूले सफाई पाएको बताएका छन् । अदालतको यो निर्णयले लोकतन्त्रमा नागरिकको अभिव्यक्ति स्वतन्त्रताको रक्षा भएको उनको भनाई छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्