Shikhar Insurance

कमलपोखरीलाई ‘सुन्दर’ बनाउन भत्काइए संरचना

सिंहदरबार संवाददाता
२०७७ माघ १९, सोमबार २३:४७
NIMB
Nabil Bank

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कमल पोखरी विस्तार योजनाअनुरुप केही कङ्क्रिट संरचना भत्काएको छ । भत्काइएका संरचनामा महानगरीय प्रहरी वृत्त कमल पोखरीको कार्यालय, कमल पोखरी स्पोर्टस् क्लबको भवन र राधे–राधेको सत्संग रहेका छन् । कामपाले आइतबार साँझ डोजर लगाएर ती भवन भत्काएको हो । कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार अब चारैतिरका कुनामा काठको कलात्मक मण्डप बनाउने योजना छ । त्यहाँ कङ्क्रिटको प्रयोग गरिँदैन ।

उनले चर्चा गरे जस्तो पोखरीमा कङ्क्रिट संरचना प्रयोग गर्ने योजना नरहेको पनि दाबी गरे । कङ्क्रिट संरचना भत्काउँदा सम्पदाप्रेमी सुशन बैद्यलगायत पनि कमलपोखरी पुगेका थिए । उनीहरुले ती संरचनाबिना जानकारी भत्काएको जनाउँदै अवरोध गर्न खोजेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

कामपाले करीब २४ रोपनीको कमलपोखरीलाई ‘सुन्दर बनाउने’ पहल गत २०७६ असारबाट शुरुआत गरेको हो । यसका लागि रु ६ करोड ३६ लाखको ठेक्का पाएको धनञ्जय–कँडेल जेभीले पोखरी वरिपरी सिँढी बनाउने काम जारी राखेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्