Shikhar Insurance

मिस्टर एन्ड मिस थारूको अडिसन माघ २४ बाट

सिंहदरबार संवाददाता
२०७७ माघ २०, मंगलवार ००:१०
NIMB
Nabil Bank

काठमाडौँ । नेपालमा ‘मिस्टर एन्ड मिस थारू २०२१’ आयोजना गरिने भएको छ । तेस्रो संस्करणका रुपमा यही माघ २४ गतेदेखि मुलुकका विभिन्न जिल्लामा छनोट प्रक्रिया शुरु हुने आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । वाइएसी इभेन्टसको सहकार्यमा जह इन्टरटेनमेन्टद्वारा आयोजित उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ ।

आयोजक संस्थाका निर्देशक सुरेश चौधरीले अडिशनको पहिलो दिन यही माघ २४ गते चितवन, मोरङ, बाँकेमा अडिसन हुने जानकारी दिए । यस्तै माघ २८ गते सुनसरीको झुम्का, सिरहाको लहान, पर्साको वीरगञ्ज र कैलालीको धनगढीमा अडिशन हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तै फागुन १ गते काठमाडौँ, रुपन्देही र दाङमा अडिसन हुनेछ । छनोटमा उत्तीर्ण भएका प्रतिस्पर्धीलाई काठमाडौँमा प्रशिक्षण दिइने र त्यसपछि आगामी चैत ७ गते अन्तिम प्रतिस्पर्धा हुने आयोजक प्रतिनिधि रुपेश चौधरीले जानकारी दिए ।

प्रतियोगिताको फाइनल चितवनको सौराहामा हुने जनाइएको छ । प्रतियोगिताको विजेताले नगद रु ५० हजार, फस्ट रनर अपले रु ३० हजार र सेकेन्ड रनर अपले रु २० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको सिजन–२ की फस्ट रनरअप सुनेश्वरीकुमारी दास र शुभम चौधरीले यस प्रतियोगिताले आफ्नो व्यक्तित्वको विकासका साथै समाजप्रति थप जिम्मेवार बन्न प्रेरित गरेको बताए ।

नेपालको जनसङ्ख्यामध्ये प्रतिशतका हिसाबले चौथो स्थानमा रहेको थारू समुदाय विशेषगरी देशको तराई क्षेत्रमा बसोबास गर्दै आइरहेका छन् । चौधरी समुदायको उत्थान र कला संस्कृतिको संरक्षणका लागि थारू युवाले सन् २०१७ देखि यस प्रतियोगिताको शुरुवात गरेका हुन् । यस प्रतियोगिताको पहिलो संस्करणको मिस्टर थारू चन्दन चौधरी र मिस थारू जेनिसा चौधरी तथा दोस्रो संस्करणको मिस्टर थारू रविन चौधरी र मिस थारू आकृति चौधरी हुनुभएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्