Shikhar Insurance

सडकमा किन निस्कँदैछ सेनाका बख्तरबन्द ?

सिंहदरबार संवाददाता
२०७७ माघ २०, मंगलवार ०९:५०
NIMB
Nabil Bank

काठमाडौं । नेपाली सेनाका करीब १० बख्तरबन्द गाडीले सोमबार राति चक्रपथ परिक्रमाको अभ्यास गरे । सेनाको नियमित अभ्यासअनुसार नै ती गाडीले चक्रपथको चक्कर लगाउने योजना बनेको हो ।

मुुलकका आठवटै पृतनाअन्तर्गतका ‘मेकनाइज्ड युनिट’बाट पनि यही माघ २१ गते देशका विभिन्न स्थानमा बख्तरबन्द गाडीको अभ्यास हुने सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । नियमित भए पनि सो अभ्यासबारे सर्वसाधारणलाई समयमै जानकारी दिने हेतुले सेनाले त्यसबारे सूचना जारी गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सेनाले आफ्ना साधनको प्रयोगमा चालकको आत्मविश्वास जगाउन पनि यसखाले नियमित अभ्यास गर्दै आएको छ । विगतमा यस्तो अभ्यास सीमित स्थानमा हुने गर्थ्यो । सर्वसाधारण नागरिकलाई आवतजावतमा असहज नहोस् भन्ने ध्येयले रातका समयमा उक्त अभ्यास गर्न लागिएको सेनाले जनाएको छ ।
सेना स्रोतका अनुसार म‌ंगलबार राती पनि सेनाको बख्तरबन्द सडकमा निकालिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्