Shikhar Insurance

नेपाल बैंकको खाताबाट निक्षेपकर्ताको ६ लाख पैसा गायब, सिईओ भन्छन्ः थाहा छैन्

दिलु कार्की
२०७९ श्रावण १०, मंगलवार १८:०६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल बैंकको खाताबाट एक जना निक्षेपकर्ताको ६ लाख रुपैयाँ गायब भएको छ । ५१ प्रतिशत सरकारी स्वामित्व रहेका कारण आफुमाथि साना निक्षेपकर्ताहरुको विश्वास रहेको दावी गर्ने बैंकबाट तिनै साना निक्षेपकर्ताको लाखौं रकम गायब भएको छ र यतिबेला उनी न्यायको खोजीमा प्रहरीमा धाउन बाध्य छन् । दुःख गरेर बल्लतल्ल बैंकमा जम्मा गरेको रकम हराएपछि उनी आफ्नो नियमित काम धन्दा नै छाडेर आफ्नै पैसा फिर्ता पाऊँ भन्दै बैंकको गेटदेखि प्रहरीसम्म धाउन बाध्य भएका हुन् ।

यसरी दुःखको कमाई बैंकमा राखेर गुमाउन पुगेका र थप दुःख पाईरहेका पात्र हुन रोल्पा घर्तीगाउँको जनक कुमार वली। बैंकको मोबाइल बैंकिङ लगायतका कुनै पनि वालेट प्रयोग बारे जानकार नै नभएको दावी गर्ने वलीको खाताबाट उनको नामबाट ६ लाख १० हजार रुपैयाँ इसेवा र अन्य बैंक खातामा ट्रान्फर भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

जसमा बैंकको समन्यवमा प्रहरी छानबिन गरी अनाधिकृत रुपमा वलीको पिनकोर्ड प्रयोग गरी उनको खाताबाट पैसा ट्रान्फर गर्ने व्यक्ति समेत पत्ता लगाइसकेको छ । वलीको मोबाइल बैंकिङको पिन कोर्ड प्रयोग गरी २ जनाको व्यक्तिको बैंक खाता र विभिन्न नम्बरका ईसेवामा पैसा ट्रान्फर भएको प्रहरीको अनुसन्धानले देखाएको हो ।

घटनाक्रम
जनक कुमार वलीले नेपाल बैंकको घर्तीगाँउ शाखामा २०७६ सालमा खाता खोलेका थिए । खाता खोल्दा वलीले मोबाइल बैंकिङ, एसएमएस बैंकिङ, एटिएम सेवा लगायत बैंकका अन्य कुनै पनि सेवा लिएका थिएनन् ।

आफु पढे/लेखेको व्यक्ति  नभएकै कारण चेकमार्फत कारोबार गर्ने सोचमा बैंकको अन्य सेवा नलिएको वली बताउँछन् । ‘मैले ५ कक्षासम्ममात्रै पढेको छु, अंग्रेजीका केही बुझ्दिन र अरु मोबाइल बैंकिङहरु पनि चलाउन आउँदैन, नजाने भएपछि पैसा जम्मा भएको र झिकिएको म्यासेज आउने बनाउनको लागि बैंकमा गत माघमा गएको थिए । त्यो समयमा बैंकले फारम भर्न लगाएको थियो । मैले जानिन भनेर बैंककै एक जना कर्मचारीले फारममा भरिदिएपछि मैले हस्ताक्षर गरेर हिडेको थिएँ, मोबाइल बैंकिङको लागि कोर्ड नम्बर आउँथ्यो रे तर मेरोमा त्यस्तो केही आएन । त्यसपछिदेखि मेरो मोबाइलमा बैंकको म्यासेज आउन थालेको थियो ।’–पीडित जनक वलीले सिंहदरबारसँग भने ।

उनले २०७९ साउन २ गते बिहान बहिनीलाई साढे ५ लाख रुपैयाँ आफ्नो खातामा जम्मा गर्न लगाएका थिए । उनको बहिनीले नेपाल इन्भेष्टमेण्ट बैंकको रोल्पाको जुगेर शाखाबाट बिहान ११ बजे ५ लाख ५० हजार रुपैयाँ जम्मा गरिदिएकी थिइन । साथै, उनको खातामा इन्भेष्टमेण्ट बैंकको रोल्पाको जुगेर शाखाबाटै सोही दिन अर्को साथीलाई १८ हजार ८ सय रुपैयाँ जम्मा गरी दिएका थिए । उनको खातामा साउन ३ गते मात्र ५ लाख ६८ हजार रुपैयाँ पैसा मौज्दात थियो । तर, सोही दिनको साढे १२ बजेदेखि उनको खाताबाट पैसा झिकिएको एसएमएस उनको मोबाइलमा आउन थाल्यो ।

‘आएको पैसा र मेरो खातामा पहिले देखिनै भएको गरी जम्मा ५ लाख ८९ हजार रुपैयाँ थियो । पैसा जम्मा भएको १/२ घण्टा पछि नै पैसा झिकेको म्यासेज आउन थालेको थियो । बैंकमा फोन गरेर सोेध्दा सबै मेरै मोबाइल नम्बरबाट अर्को बैंक खातामा र इसेवामा गएको छ, तपाइले नै पठाउनु भएको हो भन्छन् । मैले आजसम्म नेपाल बैंकको मोबाइल बैंकिङ चलाएकै छैन् र इसेवा पनि चलाउने गरेरेको छैन् ।’

मोबाइलमा आएको म्यासेज पनि अरुलाई पढन लगाएरमात्रै थाहा पाउने वली मोबाइल बैंकिङ र इसेवामा कसरी पैसा पठाइयो आफु अनविज्ञ भएको बताउँछन् ।
‘खाताबाट पटक/पटक गरी २ दिनमा शुन्य मौज्दात हुने गरी पैसा झिकिए छ, बैंकले स्टेमेन्ट पनि पैसा झिकेको र राखेको मात्र दिएको छ, कहाँबाट कसले कुन माध्यमबाट निकालेको हो त्यो बैंकसँग रेकर्ड हुनुपर्ने दिनै मान्दैन’ उनले थपे, ‘मेरो मोबाइलमा नेपाल बैंकको मोबाइल एप पनि छैन र इसेवा पनि छैन भने अहिलेसम्म एटीएम पनि लिएको छैन । बैंकले तपाइले नै झिकेको हो भन्दै पन्छ्याउन खोजिरहेको छ ।’
वलीको खातामा मौज्दात रकम राउन ३ गते १२ बजेदेखि साउन ५ गतेसम्म पटक/पटक गरी २५ हजार र १ लाख रुपैयाँ गर्दै पैसा बहिरिएको छ । आफ्नो खाताबाट पैसा बाहिरिएर शुन्य मौज्दात भएको बारेभने वलीले ४ गतेमात्र थाहा पाएका हुन् ।

‘साउन ४ गतेको लागि एक जना व्यापारीलाई ४० हजार रुपैयाँको एक जनालाई चेक दिएको थिए उनी बैंकमा चेक साट्न जाँदा खातामाा पैसा छैन भनेपछि मात्र थाहा भयो, बैंकलाई खबर गर्दा अफैले भिक्नु भएको हो भन्छन्, तर, मैले झिकेको छैन,’ वली भन्छन्, ‘सालीलाई विदेश पठाउनको लागि पैसा जम्मा गरिरहेको थिएँ, २ दिनमै खाताबाट सबै पैसा हराएछ, बैंकले मैले नै झिकेको भन्छ, सालीलाई पढ्न विदेश पठाउन अरुसँग सापटी लिएको पैसा मैले २ दिनमै कसरी झिक्छु होला ।’

आफ्नो खाताबाट २ दिनमै ६ लाख रुपैयाँ हराएपछि वली अहिले स्थानीय प्रहरी प्रसाशनमा पुगेका छन् । उनले रोल्पा घर्ती गाँउकै प्रहरी चौकीमा उजुरी दिएपछि बैंकलाई प्रहरीले विस्तृत स्टेमेन्ट मागेको थियो । साथै, सो घटनाको छानबिनको लागि रोल्पा घर्ती गाँउ प्रहरीले जिल्ला प्रहरी कार्यालय धनगढी पठाएको छ ।

बैंकको प्रतिउत्तर
रोल्पा घर्तीगाँउमा भएको सो घटना घटेको एक साता पुगिसकेको छ । प्रहरीले आफ्ना शाखा कार्यालयको कारोबार बारे छानबिन गरिरहेको बारे भने नेपाल बैंकका प्रमुख कार्याकारी अधिकृत कृष्ण अधिकारी अनविज्ञ रहेको बताउँछन् ।
‘यस घटनाबारे मलाई कुनै जानकारी आएको छैन्, विभागमा आएको भए बुझेर तुरुन्तै बुझेर छानबिन प्रकृया अघि बढाउँछु ।’–बैंकका सीइओ अधिकारीले सिंहदरबारसँग भने ।

यता, नेपाल बैंक रोल्पा घर्तीगाँउ शाखा प्रमुख जगत बहादुर सोराडी भने सो घटनाबारे केन्द्रीय कार्यालयमा आफुले ४ गते नै रिपोर्टिङ गरेको बताउँछन् । ‘खातावालाले बैंकमा गुनासो गरेको केही समयमै हेड अफिसमा रिपोर्ट गरेको थिएँ, माथिसम्म पुग्न बाँकी होला, पैसा झिकिएको बारेमा बैंकको तर्फबाट कुनै गल्ती छैन, उहाँकै मोबाइल बैंकिङ प्रयोग गरी इसेवा र एनआइसी एशिया बैंकको खातामा ट्रान्फर भएको छ,’ उनले सिंहदरबारसँग भने, ‘उहाँले मोबाइल बैंकिङ सेवा लिनु भएको छ र उहाँकै नम्बरमा त्यो सेवा एक्टिभ छ ।’

खातावालाले आफ्नो मोबाइल नम्बर र बैंक खाता सम्बन्धि अन्य जानकारी तथा कोर्डहरु अन्य व्यक्तिलाई दिएर त्यसको दुरुपयोग भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले जानकारी दिए ।
‘करिब ५ लाख ८९ हजार रुपैयाँ पैसा २ दिनमा जगत वलीको खाताबाट बाहिरिएको छ, एनआएसी एशिया बैंकमा ट्रान्फर भएको खाता नम्बर र इसेवा नम्बर उहाँको पहिचानभन्दा बाहिरको रहेछ,’ उनले भने, ‘वलीको मोबाइलमा नेपाल बैंकको मोबाइल बैंकिङ र इसेवा छैन, त्यसैले पारिवारको वा अन्य व्यक्तिले पैसा ट्रान्फर गरेकको हुन सक्छ ।’
प्रहरीले आवश्यक छानबिन गरिरहेको र बैंकले त्यसमा आवश्यक समन्यव गरिरहेको उनले जानकारी दिए ।

प्रहरीको अनुसन्धान
नेपाल बैंकका खातावाला जनक वलीले प्रहरीमा दिएको उजुरीको आधारमा छानबिन भएको थियो । जसमा उनको मोबाइल बैंकिङको पिन कोर्ड कैलाली जिल्ला कनैया घरभइ हाल धनगडीमा बस्ने केशव चौधरी, घोडाघोडी बस्ने बिर बहादुर चौधारी, शेर बहादुर चौधरी, सोनुकुमार सिंहको इसेवामा ट्रान्फर भएको छ । शेर बहादुर चौधरीको माछापुच्छ्रे बैंकको खातामा समेत ट्रान्फर गरेको प्रहरीले उल्लेख गरेको छ ।

यी व्यक्तिहरुसँग पीडित वलीले आफ्नो पहिचानमै नभएको सिंहदरबारलाई बताए ।
‘मेरो कैलाली धनगढीमा कुनै पनि चिनजानका व्यक्ति छैनन्, प्रहरीमा र बैंकले नाम लिएका चौधरीहरुलाई मैले चिनेको/जानेको केही छैन ।’
बैंकबाट आफुले मोबाइल बैंकिङ सेवा नलिएको र मोबाइल बैंकिङको लागि प्रयोग भएका पिन कोर्ड समेत आफुले लिक नगरेको हुँदा उचित छानबिनको मााग गर्दै दोषीलाई कारवाही र आफ्नो पैसा फिर्ताको माग पीडित वलीले गरेका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्