Shikhar Insurance

ओलीको जनसभा सफल बनाउन २३ गतेको लिखित र ट्रायल स्थगित

सिंहदरबार संवाददाता
२०७७ माघ २०, मंगलवार १७:०३
NIMB
Nabil Bank

काठमाडौं । माघ २३ गते हुने प्रधानमन्त्री केपी शर्मा ओली पक्षको आमसभाले सवारी चालक अनुमितपत्रको ट्रायल तथा लिखित स्थगित भएको छ । सो दिन भीआईपी तथा भीभीआईपी आउने भएपछि उनीहरुको व्यवस्थापनमा ट्राफिक खटिनुपर्ने भएको भन्दै ट्राफिक प्रहरी महाशाखाले परिपत्र गरेपछि यातायात कार्यालयले ट्रायल रोकेका हुन् ।

महाशाखाको परिपत्रमा २३ गतेको आमसभामा भीभीआइपी, भीआइपीको सवारी हुने भएकाले व्यवस्थापनमा अधिकतम जनशक्ति आवश्यक देखिएको उल्लेख छ । ट्राफिकले २३ गतेको लिखित र प्रयोगात्मक दुवै परीक्षा रोक्न भनेको हो ।
महाशाखाले राजधानीका चारवटै यातायात व्यवस्था कार्यालयलाई गरेको परिपत्रमा सोहीअुनसार व्यवस्था गर्न भनिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

ट्राफिकको पत्र पाएपछि यातायात कार्यालयले ट्रायल र लिखित रोकिएको बताएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्