Shikhar Insurance

माघ महिना भित्रै ३६ करोडको आइपीओ आउँदै, कुन कम्पनीको कति ?

सिंहदरबार संवाददाता
२०७७ माघ २०, मंगलवार १९:०४
NIMB
Nabil Bank

काठमाडौं । माघ महिनाभित्रै दुई कम्पनीहरुले ३६ करोड मूल्य बराबरको ३६ लाख कित्ता आइपीओ निष्काशन गर्ने भएका छन् । माघ २३ गतेदेखि ग्रीनलाइफ हाइड्रोपावरले ३२ लाख ५१ हजार ६५२ कित्ता आइपीओ जारी गर्दैछ । ग्रीन लाइफको आइपीओमा माघ २७ गतेसम्म आवेदन दिन सकिन्छ । ग्रीन लाइफको बिक्री प्रबन्धकको जिम्मा बिओके क्यापिटल मार्केट लिमिटेडले लिएको छ ।

त्यस्तै,माघ २८ गतेदेखि महिला लघुवित्त वित्तीय संस्थाले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ निष्काशन गर्दैछ । ग्रीन लाइफले दोलखा जिल्लाको गौरीशंकर गाँउपालिकामा खानीखोला, हनापु खोला र नाप्के खोलाको पानी मिसाई ४० मेगावाट क्षमताको खानीखोला १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । महिला लघुवित्तको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धको जिम्मेवारी भने नेपाल एसबीआई मर्चेण्ट बैकिङ्गले पाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्