Shikhar Insurance

साना व्यवसायी सडकमा, बैंकहरुको चर्काे विरोध

सिंहदरबार संवाददाता
२०७७ माघ २०, मंगलवार १९:५३
NIMB
Nabil Bank

काठमाडौं । कोरोनाका कारण संकटमा परेका साना व्यवसायीहरु आफ्ना मागसहित सडकमा उत्रिएका छन् । बिभिन्न ४३ वटा संघ संगठनहरुले संयुक्त मोर्चा बनाएर सडकमा उत्रिएका हुन् ।

उनीहरुले कोरोना कालमा पनि बैंकहरुले चर्काे ब्याज असुलेको आरोप पनि लगाए । साना व्यवसायीहरु बन्द हुने अवस्थामा पुग्दा पनि सरकारले वेवास्था गरेको आरोप उनीहरुले लगाएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

उनीहरुलाई थप छलफलका लागि प्रधानमन्त्री कार्यालयबाट बोलावट भएकाले तत्कालका लागि थप आन्दोलन रोकेको बताए । केहि दिनभित्रै प्रधानमन्त्रीसँग भेटेर छलफल गर्ने तयारी भएको एन-प्याब्सनका पूर्व अध्यक्ष पुर्ण राईले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्