Shikhar Insurance

नेपालको पुँजी बजारः विकास र विस्तारका लागि गर्नुपर्ने कार्यहरु

छोटेलाल रौनियार
२०७७ माघ २१, बुधबार १०:२९
NIMB
Nabil Bank

प्राथमिक सेयर बजारमा लगानीकर्ताको तब आकर्षण हुन्छ जब दोश्रो बजारमा उसले लगानी गरेको कम्पनिहरुको सेयर राम्रो मूल्यमा खरिद बिक्री हुन सक्छ र आफुले लगानी गरको लगानी जुनसुकै बेला पनि तरलता बनाउन वा नगदमा परिणत गर्न सकिन्छ । त्यहि अवस्थाको सृजना गर्न र नागरिक वा बाहृय लगानीको नेपालमा भित्र्याउनको लागि दोश्रो बजारमा लगानीमैत्री, पारदर्शी र सहज रूपमा बजारमा प्रवेश र बहिर्गमन जस्ता न्युनतम आवश्यकताहरु हामीले पुरा गरिदिन सक्नु पर्छ । पुँजी बजारको विकास र विस्तारको लागि प्राथमिक बजारमा निकै ठूलो फड्को मार्न हामी सफल भै सकेका छौँ र धितोपत्र बोर्डद्वारा लागँ गरिएको आस्वा प्रणालीले विगत देखिने सोमालियामा भोकमरीबाट प्रभावित सर्वसाधारण जनता पेट भर्नको लागि लागेको भिड जस्तो देखिने बैंक तथा वित्तीय संस्थामा सेयर आवेदन गर्नेहरुको आधारात देखि लाग्ने भिडलाई सो आस्वा प्रणालीले पूर्ण रूपमा नियन्त्रण गर्न सफल भयो र करिब ५ लाख सर्वसाधारण पछिल्लो प्राथामिक निश्कासनमा भाग लिन पाउनुको सम्पूर्ण श्रेय धितोपत्र बोर्डबाट ल्याएको आस्वा प्रणालीलाई जान्छ र त्यसबाट के कुराको पनि पुष्टी भएको छ भने बैंक तथा वित्तीय संस्थालाई सहि रूपमा परिचालन गर्न सकियो भने कुनै पनि आर्थिक कार्यक्रमहरु सफल हुन सक्छ भन्ने पछिल्लो आस्वाको सफल कार्यान्ययनले पनि देखाएको छ । अब धितोपत्र बोर्डले प्राथमिक बजारलाई जसरी देशको कुना काप्चासम्म पु¥याएर सर्वसाधारण जनताको पहुँच र विस्तार गर्न सक्यो, त्यसैगरी बैंकको सहायक कम्पनि मार्फत बैंकका कुनै पनि शाखाबाट जसरी हाल आस्वा प्रणालीको प्रयोग भै रहेको छ त्यस्तै मोडलमा दोश्रो बजारको पनि पहुँच राष्ट्रिय सञ्जालमा पु¥याउनु सक्यौँ भने देशमा बहुसङ्ख्यक नागरिकको यस क्षेत्रमा सहभागीता भई दोश्रो बजारको अझ बढी महत्व र विकास भै यसको विश्वसनियतामा वृद्धि भै साँच्चिकै पुँजी बजार देशको अर्थतन्त्रको मेरुदण्ड र ऐनाको रूपमा प्रस्तुत गर्न सकिन्छ ।

त्यस्तै नेपालमा राम्रो मुनाफा आर्जन गर्न सफल भएको वास्तविक क्षेत्र युनिलिभर नेपाल, सिभम सिमेन्ट, हिमूल्यन डिस्टिलरी, बोट्लर्स नेपाल तराई, बोटलर्स नेपाल बालाजुको सेयरको स्वामित्व सर्वसाधारण लगानीकर्ताहरुमा हस्तान्तरण गराउदै त्यसको प्रतिफल नागरिकहरुले पनि पाएका र त्यस्ता उद्योगहरुको विना अवरोध स्थानीयहरुको साथ र सहयोगमा निर्वाध रूपमा सञ्चालन भै रहेको यथार्थता हाम्रो सामु छ । हिमूल्यन डिस्टीलरीले गत आ.व. मा शत प्रतिशत भन्दा माथि प्रतिफल दिन सफल भएको र सो कम्पनि आकर्षक मूल्यमा सेयर कारोबार भै रहेको अवस्थामा नयाँ आउने कम्पनिहरुलाई पनि सेयर बजारमा दर्ता भै सर्वसाधारण लगानीकर्ताबाट उद्योगलाई आवश्यक पर्ने पुँजी संकलन गर्न ठूलो मौका भएको हुँदा हाल तरलताको अभाव भै रहेको सन्दर्भमा साना साना पुँजी संकलन गरेर व्यवसाय सञ्चालन गर्न पाइने त्यस्ता कम्पनिको स्वामित्व स्थानीय नागरिकलाई हस्तान्तरण गर्न पाइने, स्थानीय व्यक्तिहरुलाई दक्ष कामदारको रूपमा रोजगारी सृजना गराई त्यस क्षेत्रको आर्थिक सामाजिक विकासका भूमिका निभाउन पाइने जस्ता देश विकास र नागरिकहरुको जिवनयापनमा सहजता प्रदान गर्न यस्तो कार्यले सहयोग पुगेको छ । यसको सफल उदाहरणको रूपमा सिभम सिमेन्ट लाई लिन सकिन्छ । सिभम सिमेन्टको अंकित १०० मूल्यको सेयरलाई कम्पनिले आफ्नो सम्पुर्ण सम्पत्ति मूल्याङ्कन गर्दै आफ्नो विश्वासनियता, बजारमा आफ्नो उपस्थिति र सिमेन्टको गुणस्तर जस्ता मूल्याकंन गर्न मिल्ने बुँदाहरुको विश्लेषण गर्दै स्थानीय जनतालाई पहिलो चरणमा रु २०० प्रिमियम थप गर्दै रु ३०० मा बिक्री भयो । दोश्रो बजारको आकर्षण कम भै रहको समय र सरकार बाट पुँजी बजारलाई हेर्ने दृष्टीकोण स्पष्ट नहुँदाको परिणाम स्वरूप स्थानीय जनतालाई छुट्याईएको सम्पुर्ण सेयर बिक्री भएन । तत पश्चात पुन सर्वसाधारण र स्थानीयलाई छुट्याईएको शेयर बिक्री नभई बाँकी भएको सेयर समेत रु.२०० प्रिमियम थप गरि रु.३०० मा सबै संघ संस्था, नागरिकहरुलाई दोश्रो पटक बिक्री गर्रिएको शेयर सम्पुर्ण बिक्री भै कम्पनिले रु.२०० प्रिमियम सहित प्रति शेयर रु.३०० उठाउन सफल भयो । सो रकम बाट उद्योग÷कम्पनिले बैंक ऋण वा आवस्यक पाटपुर्जा वा नयाँ उद्योग सञ्चालनको लागि खर्च जुटाउन सफल भयो । जुन कम्पनिले दोश्रो बजारमा रु.७८५ सम्म कारोबार भई हाल रु.४५० प्रति सेयरको हाराहारीमा कारोबार भईरहेको छ । उक्त कम्पनिले शेयर होल्डरहरुलाई राम्रै प्रतिफल दिन सफल पनि भएको छ । यहाँ उल्लेखनिय कुरा के छ भने वास्तविक क्षेत्रका कम्पनिहरुको शेयर बजारमा हुने प्रवेशले बैंक तथा वित्तीय संस्थाको हालिमुहाली रही करिब ८० प्रतिशत स्थान ओगटेको र देशको अर्थतन्त्रको ऐना भन्न नसुहाईरहको हालको सन्दर्भमा यस्ता कम्पनिहरुको प्रवेशले साच्चै देशको अर्थतन्त्रको ऐना भन्न मिल्ने स्थिति हुन सक्छ र अर्को महत्वपूर्ण कुरा कुनै व्यक्ति वा प्रा.लि.को रूपमा रहेको उद्योगको प्रतिफल सर्वसाधारणसम्म पुगी यो देशको अर्थतन्त्र चलायमान हुन जाने देखिन्छ । जस्तै एनसेल, वाईवाई, डाबर नेपाल, उदयपुर सिमेन्ट, हेटौँडा सिमेन्ट जस्ता कम्पनिहरुलाई नेपाल स्टक एक्सचेन्जमा सूचीकरण गराउन सकिएमा सर्वसाधारणको छरिएर रहेको ससाना पुँजी उद्योगमा लगानी भै बैंकमा राखेर ब्याज खानु भन्दा त्यसता क्षेत्रको लगानीले ब्याज भन्दा बढी आम्दानी त हुन्छ नै, भविष्यमा त्यसको मूल्य वृद्धिले भविश्यको जिवन यापनमा सरलता प्रदान गर्ने कुरामा दुईमत नहोला । त्यसैले यस्ता क्षेत्रको प्रवेश गराउन धितोपत्र बोर्डले विगतमा गरेका अथक प्रयासले सफलता प्राप्त गर्दै गरेको छ र अझ एनसेल, वाईवाई जस्ता कम्पनिहरु सँग प्रत्यक्ष सम्पर्क गरेर उनिहरुको चाहना र वास्तविकता बुझेर त्यस्ता क्षेत्रलाई दोश्रो बजारमा प्रवेश गराउन भूमिका खेल्नु पर्छ र एनसेलले विगतमा आफ्नो नाफालाई देश बाहिर लान खोज्दा देशकै तरलतामा हलचल पैदा गरेर आर्थिक सन्तुलन गडबड भएको यथार्थता पनि हाम्रो सामु छ र यदि यो काम समयमै भएको भएमा एनसेल जस्ता कम्पनिको नाफा नेपालमा नै रहने र देशको आर्थिक सन्तुलन नविग्रन मदत गर्ने कुरामा सहमत हुन सकिन्छ । यस कुरालाई हालै नेपाल पुनरविमा कम्पनिले सर्वसाधारण जनताको लागि चैत्र ४ गते देखि ७ गते सम्म जम्मा ४ दिनको लागि निश्कासन गरेको आवेदनमा ४ लाख ९ हजार ६०० भन्दा बढी सर्वसाधारणले गरिब ५ अर्ब ६० करोड रूपैयाँको सेयर माग गरेका थिए जस्को अर्थ हुन्छ करिब ४ गुणा भन्दा बढी शेयरको लागि आवेदन पर्यो । जबकी दोश्रो बजारमा शेयरको आकषर्ण कम भएको समयमा निश्कासन गरिएको सो कम्पनिको शेयरमा यदि दोश्रो बजारमा पनि त्यस्तै अनुकुल समय हुँदो हो त करिब १० गुणासम्म शेयर माग हुने अनुमान सहजै गर्न सकिन्छ । त्यस्तै अर्को ज्वलन्त र राज्य र नागरिकको समन्नय हुन सक्यो भने कुनै पनि ठूला आयोजना सफलता पूर्वक कार्यान्वययनमा ल्याउन सकिन्छ भन्ने पछिल्लो उदाहरणको रूपमा माथिल्लो तामाकोशीको आयोजनालाई लिन सकिन्छ । उक्त आयोजनामा नागरिक लगानी कोष, सञ्चयकोष, राष्ट्रिय विमा कम्पनि सहित विभिन्न सरकारद्वारा संरक्षित संस्थाहरुको दुई प्रकारको ऋण तथा शेयर द्वारा उक्त आयोजनामा लगानी भएको छ र सर्वसाधारण नागरिकहरुको, स्थानीय नागरिकहरुको गरी ३० प्रतिशत नेपाल विद्युत प्राधिकरणद्वारा प्रबर्धित संख्याको समेत लगानी र त्यस क्षेत्रमा कार्यरत कर्मचारीहरुको सहितको लगानीमा उक्त आयोजना सञ्चालन भै रहको छ । नेपालले अवलम्वन गरेको नेपालको पानी जनताको लगानी आकांक्षा अन्तर्गत करिब १० हजार मेघाबाट विद्युत उत्पादन गरी स्वदेशी खपत सँगै विदेशमा समेत विद्युत निर्यात गर्ने सरकारको चाहना यसै माथि उल्लेखित गरिएको माथिल्लो तामाकोशी मोडेलमा गर्न सकेमा स्वदेशी पुँजीको परिचालन गर्न सकिने र समयमा नै विना आर्थिक अभाव त्यस्ता आयोजना पुरा गर्न सकिने तर्फ हामी सबै पक्ष सायद सहमत नै छौँ होला । हामीले करिब २० वर्ष अगाडि सञ्चालनमा ल्याएको चिलिमे जलविद्युत आयोजना जुन आयोजनामा स्थानीय जनताको छरिएर रहेको पुँजी स्थानीय आयेजनामा नै लगानी गरेर सो आयोजनालाई स्थानीयको अपनत्व महसुस गराई निजहरुलाई उक्त आयोजनाको राम्रो प्रतिफल दिन सफल हुँदै आएको र सो सेयरको दोश्रो बजारमा पनि आकर्षक मूल्य निर्धारण भईरहेको छ अर्थात् उक्त कम्पनिको सेयर सबैंको उच्च रोजाईमा पर्न सफल भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

हाल नेपालमा करिब २० लाख लगानीकर्ताहरूको प्रत्यक्ष र अप्रत्यक्ष सहभागीता रहेको पुँजी बजारमा प्रति व्यक्ति ५ जना आश्रित व्यक्तिलाई गणना गर्दा करिब १ करोड नागरिक शेयर बजारमा आश्रित रहेको अनुमान गर्न सकिन्छ । जसबाट यस क्षेत्रमा पर्ने सकारात्मक र नकारात्मक प्रभावले देशको जनसंख्याको करिब ३३ प्रतिशतको हाराहारीमा असर पर्न जाने यथार्थता हाम्रो सामु छ ।

त्यस सँगै बैंकिङ, ईन्स्योरेन्स, लघुवित्त, ब्रोकर, म्यचुअल फण्ड जस्ता संस्थाहरूमा शेयर सम्बन्धी कार्य गर्ने जनशक्ति हजारौंको मात्रामा कार्यरत रहेका छन् । देशमा रोजगारीको श्रृजना गर्दै राजस्वमा समेत उल्लेखनीय योगदान दिंदै आएको यस क्षेत्रलाई राज्यले सकारात्मक सोंच बनाई यसको विकास र विस्तारमा निरन्तर लाग्नुपर्ने आजको आवश्यकता हो । यसै सन्दर्भमा राज्यको पुँजी बजारलाई सञ्चालन गर्ने भूमिका पाएको नेपाल धितोपत्र बोर्डले केहि सुधारात्मक कार्यक्रमहरू ल्याई करिब २० लाख लगानीकर्ताहरूको हक र हित संरक्षण गर्न धितोपत्र बोर्डको पहलमा केही कार्यहरु तत्काल हुनुपर्ने देखिन्छ ।

समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सफल रूपमा कार्यान्वयन गर्न ठूलो मात्रामा पुँजीको आवश्यकता पर्ने र त्यसका लागि पुँजी बजार नै उपयुक्त माध्यम भै देशभर छरिएर रहेका साना साना रकमलाई एकत्रित गरि पुँजी बजारमा लगाउन यस क्षेत्रको विकास अपरिहार्य भएको हुँदा यसको विश्वसनीयताको लागि सरकारी स्वामित्वको संस्था नागरिक लगानीकोष लाई बजारमा तत्काल प्रवेश गराई माग र आपँर्तिको बिचमा सन्तुलन कायम गर्नुपर्ने देखिन्छ । स्वदेशी तथा विदेशी पुँजी संकलन गर्ने भरपर्दो र राम्रो माध्यम भनेको नै पुँजी बजार हो । तसर्थ नेपालको एकमात्र पुँजी बजार सञ्चालक नेपाल स्टक एक्सचेंज लाई निजिकरण गरि संरचनात्मक सुधार गर्नुपर्ने देखिन्छ ।

हाल कोरोनाको विषम परिस्थितिमा स्वाभाविक रूपमा आम लगानीकर्ताहरुको मनोबल कमजोर हुने हुँदा सरकारले नै आफ्नो मातहतका कम्पनि र वित्तीय संस्थाहरुको माध्यम बाट दोस्रो बजारमा आक्रामक खरिद योजना ल्याउने अनि लगानीकर्ताको मनोबल बढाउने किसिमको राहत प्याकेज ल्याउनुपर्छ । नागरिक लगानी कोषलाई तत्काल मार्केट मेकरको कार्य गर्न निर्देशन दिने र अन्य संस्थाहरुलाई पनि डिलरसिप, म्युचुअल फन्ड आदि सञ्चालन गर्न लगाउने । अनलाइन कारोबारलाई प्रोत्साहित गर्न केहि प्रतिशत कमिसन छुट दिने र अफलाईन कारोबारमा पाउने ब्यवहारिक छुट अनलाइन कारोबारमा पनि दिने, जस्तैः बैंकमा धितोमा रहेको सेयर ब्रोकरको ग्यारेन्टीमा फुकुवा गर्ने, एउटा डिम्याट खाताबाट आफुलाई पायक परेको जुनसुकै ब्रोकरबाट पनि कारोबार गर्न पाउनु पर्ने, ब्रोकरको ब्याक अफिसको टीएमएस खातामा आफुले आवश्यक परेको बखत अनलाइन रकम हाल्ने र झिक्न सक्ने व्यवस्था गर्ने गराउने, अफलाईनमा जस्तै एकै दिन सेयर खरिद र बिक्री गर्दा नेटिङ गरि फरक रकम टीएमएस खाता मार्फत नै लेनदेन गर्ने, सेयर धितोकर्जा ८० प्रतिशत बनाउने र ब्रोकर र बैंक मार्फत सहज कर्जा उपलब्ध गराउनका साथै हाल शेयर कर्जा उपभोग गरिरहेका ऋणिहरूका ऋण स्वतः नविकरण गराउने व्यवस्था गर्ने, अनलाइन र अफलाईन सबैंको डिम्याट ईन्टिग्रेसन गर्नुका साथै ५ प्रतिशत पुँजीगत लाभ करलाई अन्तिम कर घोषणा गर्ने र आफ्नो करचुक्ता आफै अनलाइनबाट निकाल्न मिल्ने व्यवस्था गर्ने, लामो अवधिलाई लगानीकर्तालाई कर छुटको व्यवस्था गर्ने, बोनस र नगद डिभिडेन्टको दोहोरो कर खारेज गर्ने, स्वदेशी तथा विदेशी संस्थागत लगानीकर्ता र गैर आवासीय नेपालीलाई तत्काल आकर्षक सुविधा दिएर पुँजी बजारमा लगानी गर्न आह्वान गर्ने, ब्रोकर कमिसन बाट नेप्सेको कमिसन छुट्याएर ब्रोकर , नेप्से, सीडीएससी, सेबोन सबैले जतिसक्दो कमिसन कम गर्ने, ब्रोकर ब्रोकर बिच कमिसनमा प्रतिस्पर्धा गराउने, दैनिक धेरै कारोबार गर्ने लगानीकर्ताहरुलाई वार्षिक एकमुष्ट रकम लिएर ब्रोकरले शुन्य प्रतिशत कमिसनमा सेवा दिनसक्ने नियम लागु गर्ने, बैंकको सहायक कम्पनिलाई ब्रोकर लाईसेन्स दिने र सबै ब्रोकरलाई आक्रामक रूपमा देशको हरेक कुनामा शाखा, एजेन्ट र सब ब्रोकर खोल्न लगाउने, ओटीसी मार्केटलाई पनि चलायमान बनाउने , त्यहाँ कारोबार हुने सेयरको पनि धितो राखी सहज कर्जाको व्यवस्था गर्ने, नेप्सेमा सुचिकृत कम्पनिहरू मध्ये उच्च मूल्य रहेको सेयरलाई स्प्लिट गराएर त्यसको मूल्य घटाई सानो पुँजी भएको लगानीकर्तालाई पनि सेयर होल्डर बनाउने, सेयर बजार सम्बन्धी कुनै पनि निर्णय गर्दा लगानीकर्ताहरुको प्रतिनिधिलाई पनि अनिवार्य सम्मिलित गराउने, सरकार र लगानीकर्ता बिच भएको ५८ बुँदे कार्यक्रमका कार्यान्वयन हुन बाँकी बुँदाहरू तत्काल कार्यान्वयन गर्ने, बैंक, वित्तीय संस्था तथा बिमा कम्पनिहरुले दोस्रो बजारमा लगानी गर्न पाउने सिमाको प्रतिशतलाई दोब्बर गर्ने र उनीहरूलाई पनि दोस्रो बजारमा लगानी बढाउन निर्देशन दिने ।

अन्त्यमा, माथि उल्लेखित बुँदाहरूको कार्यान्वयनले सिथिल अवस्थामा रहेको नेपालको पुँजी बजार चलायमानभै देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न सक्ने र त्यसले देशको पुँजीगत खर्चमा हामी लगानीकर्ताहरूको पनि ठूलो योगदान रहने र लगानीकर्ताहरू गौरवान्वित हुने अवस्थाको सिर्जना भै लगानीकर्ताहरूमा आत्मविश्वास बढ्न जाने देखिन्छ ।

(नेपाल धितोपत्र बोर्डको २८ औं वार्षिकोत्सव लेख विशेषाङ्कबाट)

GBIME

प्रतिक्रिया दिनुहोस्