Shikhar Insurance

तीनकुने कृषि बजारमा क्युआर कोडः १२० रुपैयाँको एक किलो कागति किने गभर्नरले

सिंहदरबार संवाददाता
२०७७ माघ २१, बुधबार ११:०७
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तीनकुनेस्थित हरित स्मार्ट कृषि बजारमा १२० रुपैयाँको एक किलो कागतिको भुक्तानी क्युआर कोड भुक्तानी सेवा आरम्भ गरेका छन् । माछापुच्छ्रे बैंक र कृषि बजारले संयुक्त रुपमा सुरु गरेको क्युआर कोड भुक्तानी सेवाको आरम्भ गर्दा गभर्नर अधिकारीले साइली माया जिम्बाको पसलबाट कागति खरिद गरेका हुन् । पछिल्लो समय बैंकहरुले कृषि बजार केन्द्रित क्युआर कोड भुक्तानी सेवा विस्तार गरिरहेका छन् । गभर्नर अधिकारीले हरेक बैंकहरुलाई निश्चित संख्यामा खुद्रा पसलहरुमा क्युआर कोड सेवा आरम्भ गर्न निर्देशन नै दिएका थिए ।

कार्यक्रममा गभर्नर अधिकारीले क्युआर कोड भुक्तानीले अर्थतन्त्रलाई डिजिटल बनाउनुका साथै साना व्यवसायी व्यवसायीहरुको वित्तिय पहुँच समेत बढाउने बताए । ‘क्युआर कोडले डिजिटल कारोबारलाई त बढाउँछ नै, साथमा अब बैंकहरुले पनि साना व्यवसायीहरुलाई खोजी खोजी लगानी गर्ने वातावरण पनि बन्छ’, गभर्नर अधिकारीले भने ।उनले देशको अर्थतन्त्रलाई औपचारिक बनाउन र समग्र देशकै विकासका लागि पनि क्युआर कोड लगायतका औपचारिक भुक्तानी प्रणालीहरुको विस्तार आवश्यक रहेको पनि बताए । नेपाल राष्ट्र बैंकले डिजिटल कारोबारलाई विस्तार गर्न छुट्टै कार्यक्रम ल्याउने तयारी गरिरहेको जानकारी पनि उनले दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

‘बैंक तथा वित्तिय संस्थाहरुले डिजिटल भुक्तानीलाई जोड दिनुस्, नागरिकस्तरमा यसको पहुँच बढाउन केन्द्रिय बैंकले पनि केहि कार्यक्रम ल्याउँछ’, गभर्नर अधिकारीले भने । कार्यक्रममा माछापुच्छ्रे बैंकका अध्यक्ष डा. बिरेन्द्र महतो, प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला लगायतले क्युआर कोड भुक्तानी सम्बन्धी कार्यक्रमलाई विस्तार गर्दै अघि बढ्ने बताएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्