Shikhar Insurance

माधव-प्रचण्ड समुह निकट विद्यार्थीद्धारा देशभर एक घण्टा चक्का जाम

सिंहदरबार संवाददाता
२०७७ माघ २१, बुधबार १२:०४
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(माधव प्रचण्ड) निकट विद्यार्थीहरुले देशभरका मुल सडकहरु एक घण्टाा जाम गरेका छन् । प्रतिनिधी सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम विरुद्ध आन्दोलनरत यो पक्षले बिहान कार्यालय समय सुरु भएपछि एक घण्टा सडक अवरुद्ध पारेका हुन् । राजधानी काठमाडौंमा प्रदर्शनी मार्ग, पुतलिसडक, घण्टाघटर, पुल्चोक, बानेश्वर, मध्यपुर ठिमी, चावहिल लगायतका क्षेत्रका अनेरास्ववियूका कार्यकर्ताहरुले नारावाजीसहित प्रदर्शन गरेका थिए ।

उनीहरुले प्रतिनिधी सभा विघटन गर्ने ओलीको कदम नसच्चिएसम्म आन्दोलन जारी राख्ने बताउँदै आएका छन् । आजै माधव प्रचण्ड समुहले भृकुटीमण्डपबाट युवा र्याली गर्दैछ । माघ २८ गते राजधानीमा वृहद जनप्रदर्शनको तयारी पनि समुहले गरिरहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्