Shikhar Insurance

सेयर बजारमा आम हड्तालको त्रासः २५१९ अंकको रेकर्डबाट ६.८१ अंकको गिरावट

सिंहदरबार संवाददाता
२०७७ माघ २१, बुधबार १६:५६
NIMB
Nabil Bank

काठमाडौं । २५१९.८५ बिन्दु पुगेर सर्वाधिक उचाई कायम गरेको सेयर बजार अन्ततः ६.८१ अंकले घटेको छ। नेप्से परिसूचक २४६६.९२ अंकमा झरेर कारोबार बन्द भएको हो ।
लगानीकर्ताहरु हौसिँदै लगानी गरिरहँदा अकस्मात भोली अर्थात माघ २२ गते आम हड्तालको समाचार सार्वजनिक भएको थियो । आम हड्तालको समाचार बाहिरिएसँगै एकाएक बजार घट्न थालेको थियो ।

११ बजेर ९ मिनेटमै नेप्सेले २५१९.८५ बिन्दु छोएको थियो । तर २ बजे नेप्से २४५७.९९ अंकमा झर्यो । नेकपाको माधव प्रचण्ड समुहले संबैधानिक निकायका पदााधिकारीहरुको सपथ ग्रहण गराएको बिरोधमा माघ २२ गते देशव्यापी आम हड्तालको घोषणा गरेका छन् । त्यसकै प्रभाव सेयर बजारमा पनि परेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

बुधबार २०१ कम्पनीका २ करोड ५ लाख ८५ हनार ३ सय कित्ता सेयर ९ अर्ब ५३ करोड १७ लाख १६ हजार ४ सय ९६ रुपैयाँको कारोबार भएको थियो । बुधबार लगानीकर्ताहरु जलविद्युत समूहमा तानिएका थिए । जलविद्युत समूह १९.७९ अंकले बढेको छ भने बैंकिङ समूह ४.०७ अंक, लघुवित्त समूह एक अंक र म्युचुअल फण्ड ०.०५ अंकले बढे ।

GBIME

प्रतिक्रिया दिनुहोस्