Shikhar Insurance

बुक बिल्डिङको सेयर किन्न छानिए थप १८ कम्पनी

योग्य संस्थागत लगानीकर्ताको संख्या ६२ कम्पनी पुग्यो
सिंहदरबार संवाददाता
२०७७ माघ २१, बुधबार १८:५१
NIMB
Nabil Bank

काठमाडौं । बुक बिल्डिङ प्रणालीबाट निष्काशन हुने सेयर खरिदका लागि थप १८ कम्पनी छानिएका छन् । नेपाल धितोपत्र बोर्डले माघ २० गते थप कम्पनीलाई सो प्रणालीको सेयर किन्न योग्य संस्थागत लगानीकर्ता ठह¥याएको हो ।

बोर्डले यसअघि नै ४६ कम्पनीलाई त्यस्तो सेयर किन्न योग्य रहेको जनाएको थियो । अब बुक बिल्डिङ प्रणालीबाट निष्काशन हुने सेयर खरिदका लागि ६२ कम्पनी योग्य भएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

उत्पादनमुलक कम्पनीलाई पुँजीबजारमा आकर्षित गर्न बोर्डले बुक बिल्डिङ प्रणाली अघि सारेको हो । यो प्रणालीबाट सेयर निष्काशनका लागि सर्वोत्तम सिमेन्टले प्रक्रिया अघि बढाइसकेको छ भने एनसेल लगायतका ठूला कम्पनी पनि छलफलमा छन् ।

नेपालको पुँजीबजार विकासमा यो प्रणाली कोषेढुंगा हुने दाबी गरिँदै आएको छ ।

 

Scanned Image

GBIME

प्रतिक्रिया दिनुहोस्