Shikhar Insurance

चुनाव गर्न निर्वाचन आयोगले अर्थसँग माग्यो ७ अर्ब ७ करोड

सिंहदरबार संवाददाता
२०७७ माघ २१, बुधबार २०:४२
NIMB
Nabil Bank

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रु सात अर्ब सात करोड ९४ लाख ८० हजार रकम माग गरेको छ ।

आयोगको मङ्गलबारको बैठकबाट भएको निर्णयानुसार उक्त रकम निकासका लागि अर्थमन्त्रालयलाई पत्रचार गरिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

कोभिड–१९ महामारीको समयमा निर्वाचन सञ्चालन र व्यवस्थापन गर्नु परेको हुँदा विगतको निर्वाचनमा भएका खर्चभन्दा मितव्ययी हुनेगरी अपनाउनुपर्ने स्वास्थ्य सतर्कतासमेतलाई ध्यान दिइ निर्वाचन सञ्चालन आर्थिक कार्यविधि तयार गरिएको आयोगले विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग मङ्गलबार भएको छलफलसमेतका आधारमा निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी आवश्यक न्यूनतम कार्यका लागि मात्र बजेट माग गरिएको बताइएको छ । विगतका निर्वाचनमा प्रयोग भई हाल मौज्दात रहेका मतपेटिकालगायत विभिन्न उपकरण र सवारीसाधन मर्मत गरी प्रयोग गर्ने व्यवस्था गरिएको तथा नयाँ सामग्री, उपकरण र सवारी साधन खरीद गर्ने गरी बजेटमा समावेश नगरिएको जानकारी दिएको छ ।

कोभिड–१९ सँग सम्बन्धित सुरक्षा सतर्कताका लागि आवश्यकपर्ने न्यूनत्तम सुरक्षा व्यवस्थाका लागि रु ३७ करोड ४१ लाख ७४ हजार प्रस्ताव गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । निर्वाचनको काममा आयोग, ७७ जिल्ला निर्वाचन कार्यालय, १६५ निर्वाचन अधिकृतको कार्यालय र मतदान केन्द्रमा खटिने कर्मचारी न्यूनतम सङ्ख्यामा रहने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

निर्वाचनसँग सम्बन्धित तालीम, अनलाइनका माध्यमबाट समेत गर्नेगरी व्यवस्थापन गरिएकाले आसन्न निर्वाचन थप मितव्ययी हुने आयोगको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्